ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगान सेनाको कारबाहीमा कान्दाहारमा ३६ तालिबान मारिए


एबीसी न्यूज
फाल्गुन ६, २०७४ आईतबार  २ : ४० बजे

 

कान्दाहार, अफगानिस्तान, ६ फागुन ।  अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मियावान्द जिल्लामा सो कारबाही भएको हो । उक्त स्थानमा लुकरे बसेका तालिबानका विरुद्ध अफगान सेनाले हवाई कारबाही गरेको थियो ।

शनिबार बिहानैदेखि अफगानिस्तानको सेनाको नेतृत्वमा भएको सो कारबाहीमा परी ३६ जना तालिबान सशस्त्र लडाकू मारिएका र त्यस कारबाहीमा अरु दर्जनौँ घाइते भएका पनि सो समाचारमा जनाइएको छ ।

कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल रजाकले भन्नुभयो– शनिबार साँझ मियावान्द जिल्लामा जारी राखिएको कारबाहीका क्रममा ३६ जना तालिबान मारिएका समाचारमा जनाइएको छ ।

प्रहरी प्रमुख रजाककाअनुसार त्यस कारबाहीकाक्रममा आतंककारीहरु लुकेर बस्ने गरेका आश्रयस्थल ध्वस्त बनाई त्यहाँ राखिएका हतियारहरु पनि बरामद गरिएको छ ।

सो क्षेत्रमा तालिबान लडाकूहरुको बाक्लो उपस्थिति रहेको बताइएको थियो । तालिबानले केही समयअघि सो क्षेत्रमा गरेको आत्मघाती आक्रमणमा परी केही सुरक्षाकर्मी पनि मारिएका थिए ।

उनीहरु लुकेर बसेको सूचनाका आधारमा सेनाले बिगत केही समयदेखि यहाँ कारबाही जारी राखेको छ । यस कारबाहीकाक्रममा सुरक्षाकर्मीतर्फ भने कुनै क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com