ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालविरूद्ध नेदरल्यान्ड्सका दुवै ओपनर आउट


एबीसी न्यूज

काठमाडौं १३ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ।

आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सको नेपालले नवौं ओभरमा पहिलो विकेट लिएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरे। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

यस्तै अर्का ‌ओपनर म्याक्स ओुडाउद २८ रन जोडेर आउट भएका छन्। उनलाई नेपालका ललित राजवंशीले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए। दोस्रो विकेट जाँदा नेदरल्यान्ड्सले ११।४ ओभरमा ७१ रन जोडेको थियो।

नेपाल १७२ रनमा अलआउट

नेदरल्यान्ड्सविरूद्ध मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल १७२ रनमा अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल अन्तिम तीन बल बाँकी छदा अलआउट भयो।

खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। ६६ रन बनाएका उनले ९३ बलमा ८ चौका प्रहार गरे। सातौं विकेटको रुपमा आउट भएका कुशलले मध्यक्रमका ब्याटरबाट राम्रो साथ पाउन सकेनन्।

अर्का ओपनर आसिफ शेख १७ रन बनाएर आउट भए। उनी भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए। आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले कुशल भुर्तेलसँग ४२ रनको ओपनिङ साझेदारी गरे।

आसिफ आउट भएपछि ब्याटिङमा आएका अनिल साह चल्न सकेनन्। उनी ७ रनमा आउट भए। दुई ओभरपछि कुशल मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको थियो। त्यतिबेला नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदा ५४ रन जोडेको थियो।

कप्तान रोहितकुमार पौडेलले १६ रन मात्र जोड्न सके। आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले ४० बलमा २ चौका हिर्काए। उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे।

दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भए। डि लीडको बलमा रोहितले हानेको प्रहार लिडको खुट्टामा छोएर स्टपमा लागेपछि ऐरी दुर्भाग्यपूर्णरुपमा रनआउट हुन बाध्य भए। त्यतिबेला ऐरीले क्रिज छाडेका थिए।

दुई ओभरपछि भीम सार्की लीडबाटै शून्यमा बोल्ड भए। यस्तै गुल्सन झा पनि ५ रनमा दत्तको बलमा क्याच भए।

आरिफ शेखले २२ रन जोडे। उनले करण केसीसँग ३६ रनको साझेदारी गरेका थिए। ४९ ओभरमा आउट हुनुअघि उनले ५० बलमा १ चौका हिर्काए।

करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि २६ रन जोडे। उनले २७ बलमा १ चौका र २ छक्का हिर्काउँदा नेपालले १५० रन कटाएको थियो।

बलिङमा नेदरल्यान्ड्सका भिभियन किंग्मा र अर्यन दत्तले ३(३ विकेट लिए। डि लीडले २ विकेट लिन सफल भए।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले एक जित र दुई हार ब्यहोरेको छ। नामिबियासँग भएको दुवै खेलमा पराजित भएको थियो नेपालले नेदरल्यान्ड्सविरूद्धको पहिलो भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध दुई र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहितअंक तालिकाको शीर्ष स्थानमा छ। एक एक जित निकालेका नेपाल र नेदरल्यान्ड्स २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com