ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई २७८ रनको लक्ष्य


admin
फाल्गुन ३, २०७४ बिहीबार  ५ : ४६ बजे

काठमाडौं, ३ फागुन । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको उपाधिका लागि युएईसँग भिडिरहेको नेपालले दुई सय ७८ रनको लक्ष्य पाएको छ।

टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेको यूएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर दुई सय ७७ रन बनाएको हो। युएईका असफाक अहमदले ११४ रन बनाए । उनलाई तेस्रो विकेटका रुपमा सन्दीप लामिछानेले आउट गरे। असफाकले पहिलो विकेटका लागि कप्तान रोहन मुस्ताफासँग एक सय ९ रनको साझेदारी गरेका थिए।

कप्तान मुस्ताफाले ५१ रन बनाए। बसन्त रेग्मीले आफ्नो चौथो ओभरको पहिलो बलमा मुस्ताफालाई आउट गरे। युएईले एक सय ६३ रन जोड्दा विकेटकिपर घुलाम सब्बिर १८ रनमा आउट भएका थिए । उनलाई सन्दीप लामिछानेले रन आउट गरे । यूएईका साइमान अनवरले ४० रन बनाए। उनले २४ बलमा तीन छक्का र दुई चौका हिर्काए। रमिज सेहजादले अविजित ४१ रन बनाए। सेहजाद र अनवरबीच ५५ रनको साझेदारी भएको थियो।

प्रतियोगितामा सन्दिपको शानदार बलिङ

सन्दिप लामिछानेले प्रतियोगिता अवधिभर खेलेका ६ खेलमा ५४.२ ओभर बलिङ गर्दै नौ मेडन राखेर एक सय ७६ रन खर्चदैं १७ विकेट लिएका छन्। उनी दुई खेलमा प्लेयर अफ दी म्याच घोषित भए।

अहिले भईरहेको फाईनल खेलमा सन्दिपले १० ओभरमा ३९ रन दिएर एक विकेट लिए।

सन्दिपले प्रतियोगिताको पहिलो खेलमा नामिबियाविरुद्ध ८.२ ओभरमा दुई मेडन राखेर १८ रन दिंदै चार विकेट लिएका थिए।

दोस्रो खेलमाम ओमानविरुद्ध उनले १० ओभरमा २९ रन दिएर दुई विकेट लिएका थिए।

तेस्रो खेलमा यूएईविरुद्ध सात ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै ३० रन खर्चिएर तीन विकेट लिएका थिए।

चौथो खेलमा उनले केन्याविरुद्ध १० ओभरमा पाँच मेडन राखेर २० खर्चदै‌ं पाँच विकेट लिएका थिए।

उनले राउन्ड रोबिनको पाँचौं तथा अन्तिम खेलमा क्यानडाविरुद्ध नौ ओभरमा एक मेडन राखेर ४० रन दिदैं २ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com