ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको सुरुवाती खराब व्याटिङ, जित्ला नेपालले ?


admin

काठमाडौं, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत निर्णायक खेलमा नेपालले सुरुवाती ५ विकेट गुमाउँदै ११५ रन जोडेको छ । क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य पूरा गर्न नेपाललाई अझै ८० रनको खाँचो छ ।

नेपालका ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का आउट भएका छन्। दुवै जना सातौं ओभरको पाँचौ र छैटौं बलमा आउट भएका हुन्। ज्ञानेन्द्र ९ तथा पारस शून्य रनमा डकआउट भए। दुवैको विकेट सेसिल पेर्भेजले लिएका हुन्। दुवै विकेट नेपालले २२ रन जोड्दा गएको थियो।

यस्तै दिलीप नाथ ४१ रन बनाएर आउट भएका छन्। उनले तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० रनको साझेदारी गरे। दिलीपले आउट हुनुअघि ६८ बल खेलेर ५ चौका प्रहार गरे। लगत्तै शरद भेषावकर १ रनको झिनो स्कोरमा आउट भए। दीपेन्द्र सिंह ऐरी पनि आउट ३८ बल खेलेर १८ रनमा आउट भए। उनले १ चौका प्रहार गरे।

अहिले नेपालका लागि आरिफ शेख र रोहितकुमार पौडेल ब्याटिङ गरिरहेका छन्। नेपालले ३१ ओभरमा ५ विकेटको क्षतिमा १ सय ६ रन जोडेको छ।

त्यसअघि नामिबियाको वन्डरर्स मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको क्यानडाले ५० ओभर ८ विकेट गुमाउँदै १ सय ९४ रन जोड्यो।

क्यानडाका लागि ओपनर श्रीमन्था विजयरत्नेले शतक बनाए। उनले नटआउट १ सय ३ रनको योगदान दिए। उनले १ सय ५२ बलमा ८ चौका हिर्काए।

बलिङतर्फ नेपालका लागि बसन्त रेग्मीले ३ विकेट लिए। बसन्तले १० ओभरमा ३४ रन खर्चिए। यस्तै, सन्दीप लामिछाने २ विकेट हात पारे। करण केसी र शरद भेषावरले १ (१ विकेट आफ्नो नाममा लेखाए।

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा पहिलो सफलता हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए। गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडिएको थियो।

यस्तै सन्दीप लामिछानेले क्यानडाका कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरे भने धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे। त्यसपछि घाइते भएका सन्दीपले केही बेर मैदान छाडेका थिए। फेरि मैदान फर्किएका सन्दीपले त्यसपछि विकेट लिन सकेनन्।

बसन्तले क्यानडाको चौथो विकेटको रुपमा धलिवाललाई ४ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट स्टम्पपिन गराए। करणले नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा क्यानडाका विकेटकिपर ब्याट्सम्यान हम्जा तारिकलाई २४ रनमा आउट गरे। आउट हुनुअघि उनले ३० बल खेल्दै २ छक्का प्रहार गरे। दुवै छक्का उनले सन्दीप लामिछानेको बलमा प्रहार गरेका थिए।

शरदले विन जाफरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे। लगत्तै निखिल दत्ता शून्य रनमा पारस खड्काले डाइरेक्ट हिटमार्फत रनआउट गरे। बसन्तले हेलिगरलाई शून्य रनमा बोल्ड गरे।

ओमान र केन्याबीचको प्रतिस्पर्धा

आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ। नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ।

नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ। हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ। नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ। युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ। वान डे विश्वकप कप क्वालिफायरमा स्थान बनाउनका लागि नेपालले क्यानाडामाथि जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com