ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा गाँजा मिसाएर केकको व्यापार


एबीसी न्यूज

काठमाडौं, २२ पुस । अवैध लागूऔषध गाँजा मिसाइ केक व्यापार हुने गरेको खुलासा भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले इन्स्ट्राग्राममार्फत एक अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिम लगायतको केक बनाउँदै बिक्री गरेको पाइएको जनाएको छ ।ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता चक्रराज जोशीले काठमाडौँको घट्टेकुलोबाट उक्त कार्यमा संलग्न २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको बताए । यसबारे विशेष सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई घरबाट पक्राउ गरेको हो । पक्राउ परेको मानन्धरको घर–कोठाबाट विभिन्न लागूऔषध समेत बरामद भएको प्रवक्ता जोशीले जानकारी दिए ।

जसमा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागूऔषध गाँजा केजी ७५४ ग्राम,सेतो रङ्गको डिजिटल तराजु थान १, इलेक्ट्रिक ओभन थान १, ग्लोबल आईएमई बैङ्कको एटिएम थान १, बेकर्स क्रिएसन प्रालिको भौचर थान १, काठको ट्रे थान, १, केक बनाउने ट्रे थान, २, चकलेट चिप्सको बट्टा थान, १, चकलेट फ्लेबरको बोटल थान ५,अर्डरको सामान डेलिभरी गर्ने निलो र रातो रङ्गको हाते झोला, चकलेट टपिंङ बोटल थान १ बरामद भएको छ ।

यसैगरी, चकलेट कपको बण्डल थान २, खाद्य लेस बट्टा थान.१, ब्रेड क्रम्स प्याकेट थान १, चकलेट पाउडर प्याकेट थान १, चोको चिप्स प्याकेट थान १,चोको चिप्स बट्टा थान २, चकलेट मोल्ड थान २,चकलेट पाउडरको बट्टा थान १, ओभन पञ्जा १ जोर, स्टिकर थान १, मैदाको ९पिठो० बट्टा थान। ५ ९ ठुलो २ र सानो ३०, चकलेट स्प्रिङकल बट्टा थान १, बेम्बुङ्ग ‘Bamboong’ नामको छाप थान। १,चिनीको बट्टा थान १, चकलेट प्याकिङ गर्ने सिल्भर पेपरको झोला थान १, पानी टेपको रोल थान। १ समेत बरामद गरिएको छ । उहाँले अनुसन्धानका क्रममा मानन्धरले अनलाइनमार्फत बिक्री गर्ने गरेको गाँजा मिसाइ बनाइएको केकहरूको मेनु समेत फेला पारेको बताए । मानन्धरमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com