ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ किलो सुनकाण्डमा अख्तियारले समेत अनुसन्धान गर्ने


एबीसी न्यूज

काठमाडौं १९ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २१ मंसिर २०८० को राति फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले ‘सुन भन्सार चोरी पैठारी’ गरेको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमा समेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन निर्देशन दिएको हो ।

सुन चोरी पैठारी काममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु समेत संलग्न देखिएको भन्सार कार्यालयको अनुसन्धानबाट खुलेको छ । प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको भन्दै सरकारी वकिलको कार्यालयले अख्तियारमा फाइल पठाउन राय दिएको हो ।

जिल्ला अदालतमा पेश भएको आरोपपत्रको साथमा समावेश भएको रायमा भनिएको छ, ‘उनीहरुले डि।बि। भन्ने दानबहादुर गुरुङसँग घुसरिसवत लिई सुन चोरी पैठारी सम्बन्धि कार्य गरेकोले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखि पठाइ पाउन अनुरोध छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे कुनै निकायवारे निर्णय भएर आएको विषयलाई आयोगले उजुरीका रुपमा लिने र अनुसन्धान अघि बढाउने बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म आयोगमा त्यससम्बन्धी निर्णय आएको छैन । निर्णयको फाइल आउनासाथ आयोगले अनुसन्धान अघि बढाउँछ ।’

गत मंसिरमा सुन ल्याउदै गर्दा गोरखाका चन्द्र घले विमानस्थलमा पक्राउ परेका थिए । खल्तीयुक्त ज्याकेटमा ७ वटा सुनको बिस्कुट ल्याएका उनले मिनबहादुर घलेको निर्देशन अनुसार आफूले सुन लिएर आएको बयान गरेका थिए ।

मिनबहादुरले अर्का डी।बी भनिने दानबहादुर गुरुङको नाम लिँदै विमानस्थलभित्रको सेटिङ उनैले मिलाउने बयान गरेका थिए । त्यसक्रममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुको संलग्नता समेत फेला परेको आरोपपत्रमा उल्लेख छ ।

जिल्ला अदालत, काठमाडौंमा आरोपपत्रको साथमा पेश भएको सरकारी वकिलको रायमा भनिएको छ, ‘अवैध सुन चोरी पैठारी काममा राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत नागरिक उड्ययन प्राधिकरणका कर्मचारी देखिएको र उनीहरुले दानबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारीको काम गरेकोले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखि पठाइ पाउन अनुरोध छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com