ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन ल्याएको आरोपमा २ विदेशी पक्राउ, साढे ६ किलो सुन बरामदको दाबी


एबीसी न्यूज
मंसिर २४, २०८० आईतबार  ९ : ५४ बजे

काठमाडौं, २४ मंसिर ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दिन अघि १४ किलो सुन बरामद घटना सेलाउन नपाउँदै शनिवार राति सुन ल्याएको आरोपमा दुई विदेशी नागरिक पक्राउ परेका छन्।

शनिवार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ। ए२४७०८४२३ वाहक इजिप्टका नागरिक सेरिफसँगै पी १०१८४८९७ नम्बरको राहदानी वाहक उनका सुडानी साथी ओस्मानलाई नियन्त्रणमा लिइएको छ।

दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला परेको प्रहरी स्रोतको दाबी छ। उनीहरूको साथबाट बरामद भएको सो परिमाणको तरल सुन फेला परेको बताइए पनि त्यसलाई प्रहरीले बाहिर ल्याएको छैन।

‘सुनजस्तो देखिएको छ, तर चेकजाँचकै क्रममा रहेकाले त्यसलाई बाहिर ल्याइएको छैन’, विमानस्थल प्रहरी सुरक्षा गार्ड कार्यालयका एक प्रहरीले भने। पक्राउ परेका व्यक्तिहरू लगाएको भित्री ज्याकेटमा गोजी बनाएर छ वटा प्याकेटमा ती सुन फेला परेको हो। विमानस्थलको भन्सार कार्यालय पार गरेर बाहिर निस्कने क्रममा उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि २१ मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो। विमानस्थल भन्सार कार्यालयले बिहीबार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको थियो।

बिहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्र घलेलाई कपडामा बेरेर छातीको दायाँबायाँ राखी लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको १४ किलो सुनसहित पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com