पोखरा । पोखराको रामबजारस्थित एक रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा बुद्ध र यति एयरका कर्मचारी पक्राउ परेका छन् ।
शुक्रबार राति जुवा खेलिरहेको अवस्थामा पोखरा प्रहरीले छापा मारी बुद्ध एयरका चार जना, यति एयरका एक जना कर्मचारी पक्राउ गरेका हुन् ।
त्यस्तै, प्रहरीले आयल निगमका कर्मचारी एक जना र मेरी स्टोभमा कार्यरत एकजनालाई जुवा खालबाछ पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
साँझपर्ख एयरपोर्टमा काउन्टर बन्द गरेर फर्किएका बुद्ध र यतिका कर्मचारीहरु जुवा खालबाट पक्राउ परेपछि बिहान बुद्ध र यतिका पोखरा विमानस्थलका काउन्टर चलाउन समेत हम्मे परेको थियो ।
बुद्ध एयर स्रोतका अनुसार, चार जना कर्मचारी एकाएक अनुपस्थित भएपछि एकजना कर्मचारीबाट काम चलाउनुपरेको थियो ।
यसबारेमा प्रहरीले आजै विस्तृतमा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।







प्रतिक्रिया दिनुहोस्