ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेश समूहको तीनकुनेमा संयमितप्रदर्शन , दुर्गे समूहको बल्खुको उदण्ड


ABC NEWS
मंसिर ७, २०८० बिहीबार  ३ : ०४ बजे

काठमाडौँ ७ मंसिर । युवा सङ्घ नेपालले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शन संयमित छ। प्रदर्शनकारीहरूले न प्रहरी घेरा तोड्ने प्रयास गरेका छन् न त झडप नै भएको छ। उता दुर्गा प्रसाईँ समूहको अगुवाइमा बल्खुमा भइरहेको प्रदर्शन भने अराजक बन्दै गइरहेको छ।

उनीहरूले पटक(पटक स्थानीय प्रशासनले तोकेको प्रदर्शनस्थल नाघेर कालीमाटीतिर आउने प्रयास गरिरहेका छन्। उनीहरू रिङरोडबाट भित्री सहर प्रवेश गर्ने प्रयासमा छन्।

युवा सङ्घको कार्यक्रम व्यवस्थित देखिन्छ। स्वयम् सेवकहरू परिचालन गरिएको छ। प्रदर्शनकारी आयोजकको नियन्त्रणमा देखिएका छन्। उता बल्खुको प्रदर्शनकारीहरू नेतृत्वहीन देखिन्छन्। प्रदर्शनकारीहरू नेतृत्वको नियन्त्रणमा देखिएका छैनन्।

उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस अनि पानीको फोहोरा समेत प्रयोग गर्नुपरेको थियो। प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेका थिए।

तीनकुनेमा भन्दा बल्खुमा सुरक्षाकर्मीको सङ्ख्या बाक्लो देखिन्छ। सुरक्षाकर्मीले सो क्षेत्रमा जामरको प्रयोग गरेर मोबाइल नेटवर्क अवरुद्ध बनाएको छ। तह(तहमा सुरक्षाको घेरा बनाइएको छ।

बिहान प्रदर्शनस्थलमा जानेक्रममा मोटरसाइकलमा रहेका युवा सङ्घका समर्थक र बल्खुमा भेला भइरहेका प्रसाईँ समूहका प्रदर्शनकारीबिच झडप भएको थियो। प्रहरीले बल प्रयोग गरेर बेलैमा स्थिति नियन्त्रणमा लिँदा अवस्था थप बिग्रन नपाए पनि प्रसाईँ समूहले बल्खुको प्रदर्शन उग्र बनाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com