ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनबलको प्रयोग गर्नुपर्ने हुनसक्ने ओलीको चेतावनी


ABC NEWS

काठमाडौं ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ जान नदिन जनबलको प्रयोग गर्नु पर्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलनकारी को हैससियतमा पार्टीलाई अघि बढाउनु पर्ने भन्दै ओलीले केन्द्रीय नेताहरुलाई निर्देशन दिएका छन्m ।र

एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ । त्यसको पूर्व सन्ध्यामा बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले इतिहास भइसकेको राजतन्त्रको नाममा केही मानिस खुलेआम सडकमा उफ्रिन थालेको बताए ।

लोकमार्ग केन्द्रित अभियानपछि सही र सर्वसम्मत निष्कर्षका साथ एमाले पनि मैदानमा उत्रिने ओलीको भनाइ छ । एमालेले राजनीतिलाई दिशा नदिने हो भने अरुले त्यो जनसन्तुष्टिलाई सम्बोधन गर्न नसक्ने भन्दै ओलीले भने, ‘हिजो एक जना साथीले भन्नुभयो, हेर्दाहर्दै कसैले खल्तीबाट परेवा निकालेर फुत्त उडाउन सक्छ है ।’

‘हामी देशलाई पछाडि फर्किन दिँदैनौं, प्रतिगमनतर्फ जान दिँदैनौं । नेकपा एमालेको संकल्प हो, उद्घोष हो’, उनले अघि भने, ‘देशलाई प्रतिगमनतर्फ जाने अनुकल परिस्थितिको सिर्जना गर्ने निकम्मापन हामीलाई स्वीकार्य हुँदैन ।’

केन्द्रीय कमिटीको बैठकले तीन बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सत्ता गठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम सरकारबाटै भइरहेको आरोप छ ।

बैठकले समाजमा अराजकता बढ्दै गएको भन्दै समाजलाई विभिन्न ढङ्गले विभाजित गर्ने र राष्ट्रलाई कमजोर बनाउने श्रृंखलाबद्ध प्रयासहरू भइरहेको निष्कर्ष निकालेको छ ।

एमालेले भनेको छ, ‘जनताले बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानका विरूद्ध समाजलाई दिग्भ्रमित पार्ने, राजनीतिक लेपनको आडमा विभिन्न राजनीतिक अपराधहरूबाट उन्मुक्ति खोज्ने, राजनीतिक नेतृत्वका विरूद्ध निराधार लाञ्छना, गालीगलौज र चरित्रहत्या गर्ने, समाजलाई प्रदुषित पार्ने, जातीय र धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने जस्ता अराजक गतिविधिहरू बढिरहेका छन् । यसबीचमा कतिपय ठाउँमा धार्मिक दङ्गाहरू समेत गराइएका छन् । तर, यस्ता अराजक क्रियाकलापप्रति गंभीर भएर नियन्त्रणमा लाग्नुको साटो वर्तमान गठबन्धन सरकार त्यस्ता गतिविधिहरूलाई उल्टै बढावा दिइरहेको छ ।’

लोकतान्त्रिक गणतन्त्रका विरूद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ सङ्कल्प गरेको छ। अराजकतालाई प्रोत्साहन गर्ने, आर्थिक मन्दी बढाउँदै लैजाने, सामाजिक वैमनश्यलाई बढावा दिने र राज्यका निकायहरूलाई कमजोर बनाउँदै जनतामा निराशा बढाउने वर्तमान गठबन्धन सरकारको रबैयाप्रति आपत्ति जनाएको छ ।

अहिलेको सरकारको निकम्मापनले प्रतिगमनतर्फ जाने अनुकल परिस्थिति सिर्जना गर्नुका साथै प्रतिगामी शक्तिहरुलाई हौसला मिलेको पनि ओलीको आरोप छ । यो एमालेलाई स्वीकार्य नभएको भन्दै उनले प्रधानमन्त्रीलाई चेतावनीपूर्ण भाषामा भने, ‘कि उपयुक्त ढंगले सरकार चलाउनुपर्छ, होइन भने सरकार छोड्नुपर्छ ।’

एउटा प्रणाली नै परिर्वतन गरेर प्रतिगमनमा लैजान खोज्ने, अर्को अहिलेकै प्रणाली कायम राख्न खोज्ने, तर यथास्थितिवादीहरु रहेको भन्दै ओलीले दुबैलाई सफल हुन नदिने बताए । देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उनले भने, ‘कसरी भन्ने छलफल गर्छौं, भएन भने जनबलको प्रयोग गर्नुपर्ने हुनसक्छ ।’

संविधानले मध्यावधिको कल्पना गरेको छैन भन्ने संविधान नपढेकाहरुको तर्क भएको भन्दै एमाले अध्यक्ष ओलीले सरकार उपयुक्त ढंगले चलेन भने चुनाव हुने बताए । आफू प्रधानमन्त्री भएको बेला पनि दुई तिहाइको सरकार चल्न नसक्ने स्थिति बनाएपछि चुनावमा जाने बाटो रोजेको भन्दै ओलीले तर सम्पूर्ण शक्ति लागेर रोकेको बताए ।

अगाडि बढ्ने बाटो अवरुद्ध गर्ने हो भने जनता सडकमा ओलिएर निर्णय लिने उनले बताए । ओलीले अगाडि भने, ‘देशलाई बर्बादीबाट जोगाउन सार्वभौम जनताले सडकबाट निर्णय गर्न सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com