ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सी–बाइडेन ‘सान फ्रान्सिस्को’ वार्ता : मिडियाका आ–आफ्नै एंगल, सिएनएनदेखि ग्लोवलटाइम्ससम्म !


ABC NEWS

काठमाडौं २ मंसिर । चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीचको शिखर वार्ताले दुई देशबीचको सम्बन्ध सुधारिएको चिनिया मुखपत्र ग्लोवल टाइम्सले संकेत गरेको छ ।

अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सान फ्रान्सिस्कोमा शिखर वार्ता सम्पन्न भएको हो। एपेक शिखर सम्मेलनका क्रममा विश्वका शक्तिशाली दुई देशका प्रमुख नेताबीच लगातार ४ घण्टा शिखर वार्ता भएको यो आफैंमा नयाँरेकर्ड हो । अमेरिकाको स्थानीय समय अनुसार बुधबार बिहान ११ बजे शुरू भएको वार्ता १ः३५ मा सकिएको थियो।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार दुई नेताबीच अमेरिका–चीन सम्बन्धबारे रणनीतिक विषयमा छलफल भएको छ। दुई नेताले विश्वशान्ति र विकासबारे पनि छलफल गरेका थिए।

दुई देश विभिन्न क्षेत्रमा सहकार्य र वार्ता सुदृढ गराउन सहमत पनि भएका छन्। वार्तामा निम्न सहमति भएका छन् ः

कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स) बारे अन्तरसरकार वार्ताको स्थापना, लागूऔषध विरुद्ध सहकार्यका लागि चीन(अमेरिका लागूऔषध नियन्त्रण सहकार्य कार्यदलको गठन, उच्चस्तरीय सैन्य सञ्चारको पुनःस्थापना, चीन(अमेरिका रक्षा विभाग कार्यदल बैठक, समानता र सम्मानका आधारमा चीन(अमेरिका नौसेना सुरक्षा परामर्श संयन्त्रको बैठक र चीन(अमेरिका सैन्य प्रादेशिक नेताहरूको वार्ता।

पाँच विशेषता
बीबीसीले ‘क्यालिफोर्निया वार्ता’ नाम दिंदै यो भेटघाटबाट दुवै देशका नेता केही विषयमा सहमतिमा पुगेको विश्लेषण गरेको छ। बीबीसीबम अनुसार भेटघाटपछि राष्ट्रपति बाइडनले आफूहरूले सिर्जनात्मक र उत्पादनमूलक बहस गरेको बताएका थिए। उनले भनेका थिए, “हामीले केही महत्त्वपूर्ण प्रगति हासिल गरेका छौं।”

वार्ताअघि राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्ध कहिल्यै ‘सरल गतिमा नबढेको’ स्वीकार गरेका थिए। “तर एकअर्कालाई पिठ्युँ फर्काउनु कुनै विकल्प होइन,” सीले भनेका थिए।

सी–बाइडेन वार्ताले पाँच वटा जानकारी दिने बीबीसीको विश्लेषण छ।

१. जलवायुका सम्बन्धमा साझा धारणा
विश्वका ठूला कार्बन उत्सर्जक अमेरिका र चीन जलवायु परिवर्तनलाई सामना गर्ने विषयमा थप मापदण्ड बनाउन तयार छन्। तर जीवाश्म इन्धनको प्रयोग तुरुन्तै रोक्ने प्रतिबद्धता भने गरेका छैनन्।

उनीहरूले मिथेन उत्सर्जन घटाउन सहकार्य गर्ने वाचा गरेका छन्। साथै, सन् २०३० सम्म नवीकरणीय ऊर्जाको उत्पादनलाई तीन गुणा बढाउन सहयोग गर्न सहमत भएका छन्। यही महीनाको अन्तिमतिर दुबईमा हुन लागेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन ‘कोप–२८’ अघि भएका यी सहमति महत्त्वपूर्ण रहेको विज्ञहरू बताउँछन्।

“जलवायु परिवर्तनका सम्बन्धमा यो सानो तर महत्त्वपूर्ण कदम हो,” बेलायतस्थित थिंक ट्यांकका चीन मामिलाविज्ञ बर्निस लीले बीबीसीलाई भनेका छन्।

वर्ल्ड रिसोर्स इन्स्टिच्यूटका डेभिड वाक्सोका अनुसार मिथेन सम्बन्धी सहमति ‘महत्त्वपूर्ण कदम’ हो। “चीन संसारकै सबैभन्दा ठूलो मिथेन उत्सजनकर्ता हो। यसलाई घटाउने गम्भीर पहल छिटै नै विश्वव्यापी तापमान वृद्धि घटाउन अत्यावश्यक छन्,” वाक्सो भन्छन्।

२. फेन्टानाइल तस्करी रोक्ने सहमति
दुवै पक्ष लागूऔषध तस्करी रोक्न सहकार्य गर्न तयार छन्। चीनबाट अवैध रुपमा अ‍ेमेरिकाकामा तस्करी भइरहेको भनिएको फेन्टानाइलको प्रवाह रोक्न केमिकल कम्पनीहरूलाई कडाइ गर्न चीन सहमत भएको छ। सिन्थेटिक अफिम प्रयोग हुने फेन्टानाइलकै दुव्यर्सनका कारण पछिल्लो वर्ष अमेरिकामा ७५ हजारको निधन भएको जनाइन्छ।

चिनियाँ कम्पनीहरू लागूऔषधका स्रोत मात्र होइनन्, यसमा प्रयोग हुने रसायनको उत्पादक पनि हुन्।

ब्रूकिङ इन्स्टिच्यूटका अन्तर्राष्ट्रिय संगठित अपराधका विज्ञ भान्डा फेल्ब्याब–ब्राउनका अनुसार यो सहमति ‘कूटनीतिक र राजनीतिक’ हो तर यसको वास्तविक प्रभाव भने शंकास्पद नै छ। “चीनले यी कम्पनीलाई के गर्छ भन्ने हेर्नै बाँकी छ,” उनी भन्छिन्।

सहमतिका अनेकौं बुँदाभन्दा पनि महत्त्वपूर्ण शिखर वार्ता नै हो। बीबीसीका उत्तर अमेरिका सम्पादक सराह स्मिथका अनुसार बाइडेन र सीले हात मिलाउनु नै सकारात्मक सङ्केत हो।

चीनले लागूऔषध विरुद्धको सहकार्यलाई ‘बृहत्तर कूटनीतिका लागि बार्गेनिङको साधन बनाउने’ विश्लेषण गर्छिन् उनी।

३. सैन्य सम्पर्क पुनःस्थापित
दुवै देश सैनिक सम्पर्क पुनः स्थापना गर्न सहमत छन्। यसमा अमेरिकीहरूको मुख्य चासो थियो। गत वर्ष अमेरिकाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले सैन्य सम्पर्क बन्द गरेको थियो।

यही वर्षको शुरूमा आन्ध्र महासागरमा जासूसी गर्ने भनी शंका गरिएको चिनियाँ बलून खसालिइएपछि दुई देशबीचको सम्बन्ध झनै बिग्रिएको थियो।

“शीत युद्धकालमा पनि अमेरिका र सोभियत संघले सधैं एक देशको सेना र अर्को देशको सेनाबीच सम्पर्क कायम राखे। आणविक शक्तिसम्पन्न देशहरूबीच कुनै दुर्घटना भई नहालोस् भनेर त्यसो गरिएको थियो,” अमेरिकाका पूर्व कार्यकारी सह–रक्षामन्त्री मिक मुलरोय भन्छन्, “अहिले चीन र अमेरिकाबीच पनि यो आवश्यक छ।”

एक दशकदेखि चीनबारे रिपोर्टिङ गरिरहेका बीबीसीका उत्तर अमेरिका संवाददाता जोन सुडवर्थले बुधबारको भेटवार्ता अघि नै सकारात्मक सङ्केतहरू देखिएको बताएका थिए।

उदाहरणका लागि गत हप्ता वर्षौंपछि पहिलो पटक दुवै पक्षले वाशिङ्टनमा आणविक हतियारबारे छलफल गरेका थिए। दुई राष्ट्रपतिबीच ताइवान मामिलामा पनि छलफल भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीका अनुसार सीले बाइडेनसँग अमेरिकाले ‘ताइवानलाई सैन्य सहयोग बन्द गर्नुपर्ने’ र ताइवानको चीनमा पुनः एकीकरण ‘रोक्न नसकिने’ धारणा राखे।

अमेरिकाका एक वरिष्ठ अधिकारीले संवाददातालाई भने अनुसार ताइवानप्रति अमेरिकाको धारणा र व्यवहार परिवर्तन हुनेछैन।

४.वार्ता जारी रहने
सहमतिका अनेकौं बुँदाभन्दा पनि महत्त्वपूर्ण शिखर वार्ता नै हो। बीबीसीका उत्तर अमेरिका सम्पादक सराह स्मिथका अनुसार बाइडेन र सीले हात मिलाउनु नै सकारात्मक सङ्केत हो।

भेटवार्ता शुरू हुने वेला बाइडेनले सीलाई भनेका थिए, “हाम्रो वार्तालाई मैले निकै महत्त्व दिएको छु किनभने यसले तपाईं र मबीच, एक नेता र अर्को नेताबीच विना कुनै गलत अवधारणाका साथ एकअर्कालाई स्पष्टसँग बुझ्ने अवसर दिनेछ।”

भेटवार्तापछि पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले चिनियाँ राष्ट्रपतिलाई तानाशाह नै ठान्ने बताएका छन्।

त्यसैमा सहमति व्यक्त गर्दै सीले भनेका थिए, “द्वन्द्व र टकरावले दुवै पक्षबीच निकै ठूलो क्षति मात्र निम्त्याउनेछ।”

पक्कै पनि दुई देश थुप्रै विषयमा अहिले पनि सहमतिमा पुगिसकेका छैनन्। तर शान्तिपूर्वक नै असहमतिहरू स्विकार्ने पद्धतिको शुरूआतले आशाको सञ्चार गरेको विश्लेषकहरूको धारणा छ।

“पछिल्लो चार महीनामा वाशिङ्टन र बेइजिङबीच सञ्चारको मामिलामा निकै महत्त्वपूर्ण सुधार भएको छ,” साइराक्युज विश्वविद्यालयमा चिनियाँ अध्ययनका निर्देशक दिमितार गुएरगुइभ भन्छन्।

५. ‘मित्रताका दूत’ पान्डा
भेटवार्तापछि बेइजिङले अमेरिकाका चिडियाखानाका लागि थप पान्डा पठाउने सङ्केत दिएको छ। दशकौंदेखि चीनले पान्डालाई ‘राष्ट्रिय सम्पत्ति’ का रूपमा लिंदै आएको छ। अन्य देशसँगको सम्बन्ध सुदृढ गर्न चीनले ‘पान्डा कूटनीति’ प्रयोग गर्ने गरेको छ।

“पान्डाहरूले लामो समयदेखि चिनियाँ र अमेरिकी जनताबीच दूतको काम गरिरहेका छन्,” बुधबार साँझ व्यवसायीसँगको रात्रिभोजमा राष्ट्रपति सीले भने।

यही महीना वाशिङ्टन डीसीस्थित राष्ट्रिय चिडियाखानामा रहेका तीन वटा ठूला पान्डा २३ वर्षपछि चीन फिर्ता गरिएको थियो। सन् २०२४ को शुरूतिर एट्लान्टा चिडियाखानामा रहेका अन्य चार वटा पान्डा पनि फिर्ता पठाइँदै छ।

“धेरै अमेरिकी जनता, खासगरी बच्चाहरू पान्डा फिर्ता पठाउन चाहँदैनन् भनेर मलाई सुनाइएको छ,” सीले भने।

पान्डा संरक्षणमा अमेरिकासँगको सहकार्यलाई निरन्तरता दिन अमेरिका तयार रहेको सीले बताए। उनले सान डियागोको चिडियाखानामा पान्डा पठाउन सकिने बताए।

इजरायल(हमास मामिलामा बाइडेनको कुरा सीले सुनिरहे
सीएनएनका अनुसार दुई नेताबीच इजरायल–हमास युद्धबारे पनि छलफल भएको थियो। एक अमेरिकी उच्च अधिकारीका अनुसार यो मामिलामा बाइडेनले सुनाउने र सीले सुन्ने मात्रै काम गरे। स्थिति थप भड्किन नदिन इरानसँगको चीनको सुमधुर सम्बन्ध उपयोग गर्न बाइडेनले सीलाई भनेको उनले उल्लेख गरे।

चिनियाँ विदेशमन्त्री वाङ यीका अनुसार यो मामिलामा चीनले पहिले नै इरानसँग छलफल गरिसकेको छ। चीनको सन्देशलाई इरानले कति गम्भीरताका साथ लिएका छन् भन्ने बाइडेनका सहयोगीले थाहा नपाएको विदेशमन्त्री यीको टिप्पणी छ। 

‘सी तानाशाह नै हुन्’
भेटवार्तापछि पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले चिनियाँ राष्ट्रपतिलाई तानाशाह नै ठान्ने बताएका छन्। सीएनएनले अर्को समाचारमा उल्लेख गरे अनुसार शिखर वार्तापछि बाइडेनले त्यस्तो धारणा राखेका हुन्।

“हो, उनी तानाशाह नै हुन्। कुन अर्थमा भने उनी त्यो देशको शासन गर्छन् जुन कम्युनिस्ट देश हो र त्यहाँको सरकार हाम्रोभन्दा एकदमै फरक तरीकाले निर्माण भएको छ,” बाइडेनले सीएनएनका पत्रकार एमजी लीलाई भने, “जे होस्, हामीले प्रगति हासिल गरेका छौं।”

गत ग्रीष्ममा बाइडेनले यस्तै धारणा राख्दा क्रुद्ध बेइजिङ यो टिप्पणीबाट थप क्रुद्ध हुन सक्ने आशंका गरिए पनि चीनले यसबारे कुनै ठोस जबाफ फर्काएको छैन । चिनिया समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति सीले कुनै पनि द्धनद्धमा नफस्न अमेरिकालाई भन्दै आएका छन् । ताइवानका बारेमा पनि दुई नेताबीच कुरा हुंदा कुनै सहमति नभए पनि चीन के चाहन्छ भन्ने कुरा बाइडेनलाई बुझ्नेगरी सीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com