काठमाडौं । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका(१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।
बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पताला पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालको भनाइ छ ।
थुनुवाको मृत्युपछि स्थानीय बासिन्दाले दुधौली–अरुणठाकुर सडकखण्ड अवरुद्ध गरेका हुन् ।
केही बिरामी नभएकाले त्यसै मृत्यु हुन नसक्दै भन्दै स्थानीयले कारागार प्रशासनको गैरजिम्मेवारीपनका कारण मृत्यु भएको आरोप लगाएका छन् ।







प्रतिक्रिया दिनुहोस्