ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसरी परें ३ वटा रंगशालाहरु राष्ट्रिय गौरवको आयोजनामा ?


अर्जुन मादेन
कार्तिक २४, २०८० शुक्रबार  १ : ४८ बजे

काठमाडौं, २४ कार्तिक ।  नेपाल सरकारले एकैपटक ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने ऐतिहासिक निर्णय गरेपछि खेलाडी र खेलप्रेमीहरु उत्साहित भएका छन् ।
हिजो बसेको मन्त्रीपरिषद्को बैठकले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, काठमाडौंको मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्ने निर्णय गरेको थियो ।

नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रर्दशनको लय कायम राख्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको शीर उच्च बनाईरहेको तर मुलुकभित्र सुविधासम्पन्न क्रिकेट रंगशालाको खडेरी देखेपछि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु झण्डै ४, ५ महिना अघि देखि नै खेल पुर्वाधारमा लगानी बढाउनुपर्ने निष्कर्षका साथ गृहकार्य गरिरहेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि मन्त्री लिम्बुको प्रस्तावमा सकारात्मक बनेपछि २०८० सालको दिपावली अघिको अन्तीम मन्त्रीपरिषद्को बैठक९२३ कार्तिक०मा मन्त्री लिम्बु स्वयमले उल्लेखित ३ क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने ठाडो प्रस्ताव पेश गरे र त्यसलाई मन्त्रीपरिषद्ले पारीत गर्यो ।

एबीसी प्रतिनिधिसंग कुरा गर्दै मन्त्री लिम्बुले भने, ‘नेपाली क्रिकेटले अहिले असाध्यै राम्रो गरिरहेको छ । हामीले अब रंगशाला लगायत खेल पुर्वाधारहरु निर्माणमा विशेष जोड दिने हो भने नेपालमा खेलपर्यटनको ठूलो संभावना देखिन्छ । टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान, बंगलादेशजस्ता हाम्रै छिमेकी र नजिकका राष्ट्रहरु क्रिकेटका लागि नेपाल आउन सक्छन् । हाम्रो देशको वातावरण पनि त्यसका लागि अनुकुल छ ।’

पछिल्लो समयमा नेपाली क्रिकेटले एकपछि अर्को सफलता हासिल गर्दै नेपाल र नेपाली फ्यानहरुलाई गौरान्वित बनाउदै आएको छ । भर्खरै काठमाडौंमा सम्पन्न टी–२० विश्वकपको एशिया छनोट प्रतियोगितामा उपविजेता बन्दै नेपाल सन् २०२४मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि छानियो । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा पहिलो पल्ट छनोट भएको नेपाली क्रिकेट टोलीले दोस्रोपटक यो सफलता १० बर्षपछि हासिल गरेको हो । यसअघि एशिया कपमा छनोट भएर नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारत र पाकिस्तानजस्ता क्रिकेटका “पावर हाउस” संग खेल्यो ।

अहिले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमै “इमर्जिङ क्रिकेट पावर”का रुपमा लिन थालिएको छ । विभिन्न राष्ट्रहरु सम्मिलित क्रिकेट प्रतियोगिता नेपालमा हुदै आएको पनि छ तर दुर्भाग्य, अहिलेसम्म नेपालमा एउटा पनि सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भईसकेको छैन ।

निकै चर्चा र प्रसंशाका बीच धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन थालेको भरतपुर, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट धुर्मुस, सुन्तलीले हात झिकेपछि अलपत्र बन्न पुग्यो । अन्ततः गत कार्तिक २१ मा मात्र बागमति प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा सो रंगशाला निर्माण गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com