ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अथाह पीडामा बनेको म्याक्सवेलको दोहोरो शतक


एबीसी न्यूज
कार्तिक २२, २०८० बुधबार  ११ : २४ बजे

मुम्बई, २२ कात्तिक । ग्लेन म्याक्सवेल अथाह पीडामा थिए । झन्डै–झन्डै रिटायर्ड हुन लागेका थिए । तर पनि उनले असाधारण दोहोरो शतक बनाए । त्यसमै टिकेर अस्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ मा सेमिफाइनल यात्रा मात्र तय गरेको छैन, म्याक्सवेलको त्यो प्रदर्शनलाई एकदिवसीय क्रिकेटकै अहिलेसम्मकै सर्वकालीन महान इनिङ्स हो भनेर पनि भन्न सुरु भएको छ ।

उनले नटआउट रहेर २०१ रन बनाए । अस्ट्रेलियाले मंगलबार राति अफगानिस्तानविरुद्ध २९२ रनको लक्ष्य सफलतापूर्वक पछ्याउन सक्यो । विश्वकप इतिहासमा यो अहिलेसम्मकै तेस्रो दोहोरो शतक मात्रै हो । अझ लक्ष्य पछ्याउने क्रममा बनाइएको पहिलो दोहोरो शतक ।

म्याक्सवेललाई साँच्चै निकै गाह्रो भइरहेको थियो । एक स्थितिमा त उनी ढलेर लगभग उठ्नै नसक्ने भएका थिए । पछि दौडेर रन लिन त उनी लडखडाइरहेकै थिए । अनि यसबीच म्याक्सवेलले आफ्ना फिजियो निक जोन्सलाई सोधेछन्,
‘खेलिरहने हो कि छाडौं रु’

त्यति बेला उनी १४७ रनमा खेलिरहेका थिए र अस्ट्रेलियालाई जितका लागि अझै ५५ रन आवश्यक थियो । यही बेला म्याक्सवेलले अदम्य साहस र बहादुरी देखाए । अविश्वसनीय रूपमा फेरि ब्याटिङका लागि तयार पनि भए ।

सुरुमै मैदानमा ओर्लिंदा पनि कहाँ सजिलो थियो र रु अस्ट्रेलिया नाटकीय पतनको सिकार बन्दै सात विकेट गुमाएर ९७ रनको असाध्यै खराब स्थितिमा थियो ।

पछि म्याक्सवेलले अस्ट्रेलियाली मिडियासँग कुराकानी गर्दै भने, ‘जे जस्तो भयो, विश्वास गर्न नसकिने नै भयो ।’

उनले थपे, ‘पूरा शरीरमा दुखाइबाहेक अरू केही पनि थिएन ।’

फिजियो जोन्सले उनलाई रिटायर्ड हुनकै लागि सल्लाह दिएका थिए । तर, केही उपचारपछि म्याक्सवेल क्रिजमै फर्कने निर्णयमा पुगे । यी ३५ वर्षीय ब्याटरले अस्ट्रेलियाका लागि यसअघिको खेल पनि गुमाएकै थिए, चोटकै कारण ।

उनले भने, ‘जति बेलासम्म हिंड्न सक्ने शक्ति हुनेछ, त्यति बेलासम्म खेलिरहने निर्णयमा पुगें ।’

उनले आठौं विकेटका लागि आफ्ना कप्तान प्याट कमिन्ससँग २०२ रनको कीर्तिमान साझेदारी पनि गरे । त्यसमा कमिन्सको योगदान थियो, जम्मा १२ रन ।

तिनै कमिन्सले पछि प्रतिक्रिया दिए, ‘यो जत्तिको महान एकदिवसीय इनिङ्स अर्को हुनै सक्दैन । हामी लगातार कुराकानी गरिरहेका थियौं । हामी भन्थ्यौं, आज एक दिन जेसुकै होस्, खेलिरहौं । म्याक्सवेलको यो प्रदर्शनले देखाउँछ, उनी आफ्नो देश अस्ट्रेलियालाई कति धेरै माया गर्छन् ।’

उनी मात्र होइन, अहिले त पूरा विश्व क्रिकेट म्याक्सवेलको प्रशंसामा व्यस्त छ ।

सचिन तेन्दुलकरले एक्समा लेखेका छन्, ‘एकदिवसीय क्रिकेटमा मैले देखेको सबैभन्दा उत्कृष्ट इनिङ्स ।’

यस्तै बेन स्टोक्सले लेखेका छन्, ‘ओहो, मेरा म्याक्सी ’

एजेन्सी  

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com