ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई विश्वकपमा पुग्ने सबैभन्दा अनुकूल मौका, ९ वर्षअघि यसरी रचेको थियो इतिहास


एबीसी न्यूज
कार्तिक १२, २०८० आईतबार  ४ : १० बजे

काठमाडौं, १२ कात्तिक । नेपालले सोमबारदेखि घरेलु मैदानमा टी(२० विश्वकपको छनोट खेल्दैछ । एसियाका ८ वटा एसोसिएट टोली सहभागी हुने यस प्रतियोगिताबाट फाइनल पुग्ने दुई टोली वेस्ट इन्डिज र अमेरिकाले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकपका लागि छानिनेछन् ।

नेपालले समूहगत चरणमा मलेसिया, ओमान र सिंगापुरको सामना गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । अर्को समूहमा बहराइन, हङकङ, कुवेत र यूएई छन् ।

एसियाका एसोसिएट टोलीलाई विश्वकप खेल्ने सम्भवतः यो अहिलेसम्मकै सबैभन्दा गतिलो अवसर हो । महादेशीय छनोट प्रतियोगिताबाटै विश्वकपमा छनोटको निर्क्योल हुने भएकाले सहभागी ८ वटै टोलीका लागि विश्वकप खेल्ने सपना पूरा गर्न यो गतिलो मौका हुनेछ ।

विश्वकप खेल्न दावेदारी दिने यूएई, हङकङ, ओमान जस्ता टोलीहरु एसियामै रहे पनि विगतमा जस्तो घुमाउरो, लामो बाटो यसपटक तय गरिरहन पर्दैन । त्यस्तै अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे जस्ता टेस्ट टोलीहरुसँग भिडिरहन पर्दैन । नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता बलिया एसोसिएटसँग पनि आमनेसामने हुनुपर्दैन । महादेशीय छनोटमै सेमिफाइनलसहित तीनवटा खेल जितेमा विश्वकपको टिकट पक्का हुनेछ ।

नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको एकमात्र विश्वकप भनेकै टी(२० विश्वकप हो । र, त्यो पनि एक पटकमात्र । नेपालले सन् २०१४ मा विश्वकप खेल्ने सपना पूरा गरेको थियो । त्यसयता फेरि विश्वकप खेल्न सकेको छैन । महादेशीय छनोट पार गरेर अगाडि बढे पनि ग्लोबल क्वालिफायरमा पुगेर रोकिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com