ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्स्पेक्टर लामा बागमती प्रदेशको उत्कृष्ट अनुसन्धानकर्ता


ABC NEWS
कार्तिक १, २०८० बुधबार  १२ : ३५ बजे

काठमाडौँ १ कार्तिक । इलाका प्रहरी कार्यालय सिंगटी दोलखामा कार्यरत प्रहरी निरिक्षक विक्रम लामा उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले उनलाई पुरस्कृत गरेको हो ।

असोज ११ मा इन्स्पेक्टर लामा नेतृत्वको टिमले सिंगटीबाट ४ किलो सुन बरामद गरेको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनी लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद भएको थियो ।

दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुनको भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट ल्याएको प्र्रहरीको अनुसन्धान निष्कर्ष छ । सुन प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर लामालाई उत्कृष्ट अनुसन्धाननकर्ताको पुरस्कार प्रदान गरिएको बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट व्यवस्थापकका रुपमा धादिङका एसपी गौतम मिश्र, उत्कृष्ट विपद् व्यवस्थापकको अवार्डबाट बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडामा कार्यरत सहायक हवल्दार सुमन रायमाझी र उत्कृष्ट बाह्य प्रशिक्षकबाट जवान लक्ष्मीकुमारी थारुलाई पुरस्कृत गरिएको पनि जनाएको छ ।

उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्राविधिक प्र्रहरी जवान सविन कुमार र उत्कृष्ट कार्यालय सहयोगी तर्फ सन्तोष राना मगर पुरस्कृत भएका छन् । मकवानपुरका एसपी सिताराम रिजाललाई प्रशंसापत्र प्रदान गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उत्कृष्ट प्रहरीहरुलाई पुरस्कृत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com