ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


abc tv

बेइजिङ (चीन), ३० असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ¬स्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्वपूर्ण रहेको बताउनुभयो ।

“नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको छ । यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक उपलब्धि खतरामा पर्ने अवस्था आइपर्न सक्छ, यसकारण हरहालतमा समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसका निम्ति दूतावासले आर्थिक कूटनीतिलाई पनि परिचालन गर्नुपर्छ ।”

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको समृद्धि र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन योगदान पु¥याउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले वर्तमान सरकारले समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता राखेको उल्लेख गर्नुभयो ।

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलनका आधारमा अगाडि बढाउने काममा वर्तमान सरकार तुलनात्मक रुपले सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनको स्थापना, अर्थतन्त्रमा देखिएका समस्या समाधान तथा आर्थिक विकासको प्रक्रियालाई तीव्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशका उच्च नेतृत्वबाट भएको भ्रमणबाट दुई देशबीच विश्वासको वातावरण बनेको बताउनुभयो ।

“नेपाल र चीनबीचको जनस्तरका साथै द्विपक्षीय सम्बन्ध बजबुद भएको छ, दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयनले गति लिने विश्वास छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ दूतावासमा आयोजित दिवाभोजमा सहभागी हुनुभएको थियो । कार्यक्रममा दूतावासका कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com