ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले आज ओमानसँग प्रतिस्पर्धा, नेपाल टस हारेर ब्याटिङ गर्दै


एबीसी न्यूज
माघ २६, २०७४ शुक्रबार  १ : २५ बजे

काठमाडौं, माघ २६ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नामिबियाको एफिज पार्क मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले अबको केही समयमा ब्याटिङ गर्नेछ ।

आफ्नो पहिलो खेलमा १ विकेटले नामिबियालाई हराएको नेपाल आज पनि जितलाई निरन्तरता दिने योजनामा रहेको छ भने पहिलो खेलमा क्यानडासँग हारेको ओमान पहिलो जितको खोजिमा हुनेछ ।

नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्द्वी रहँदै आएका छन् । नेपाल र ओमानवीचको यो पाँचौँ खेल हो । यस अघिका खेलमा नेपाल र ओमानले २–२ खेलमा जित हात पारेका छन् ।

प्रतियोगितामा कमजोर मानिएको ओमानविरुद्ध जित निकालेको खण्डमा नेपाललाई विश्वकप छनोट खेल्ने बाटो केही सहज हुनेछ । २००७ मा भएको एसीसी ट्रफीमा नेपालले ओमानलाई २ रनले हराएको थियो । तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफीमा लिएको थियो । त्यस बेला नेपाल ओमानसँग १२ रनले पराजित भएको थियो ।

२०११ को एसीसी ट्रफीमा पनि नेपाल ओमानसंग २ रनले पराजित भएको थियो । २०१३ मा बर्मूडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समुह चरणमा ओमानलाई हराएको थियो ।

यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com