ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने– तपाईंका छोराले त विश्व कीर्तिमान बनाए


एबीसी न्यूज

महेन्द्रनगर, ११ असोज  । १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा मंगोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो।

बुधबार हाङझाउमा सम्पन्न मंगोलियाविरूद्धको टी–२० क्रिकेटमा नेपालले ३१४ रन बनायो। यो टि-२० क्रिकेटको इतिहासमै सर्वाधिक बढी रन हो।

खेलमा नेपालले २७३ रनले पराजित गर्दै नेपालले टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो जित निकालेर विश्व कीर्तिमान पनि बनाएको थियो।

खेलमा नेपालले २६ वटा छक्का र १४ वटा चौका प्रहार गरेको थियो। टी-२० मा सर्वाधिक छक्का हान्ने कीर्तिमान पनि नेपाललाई प्राप्त भयो।

नेपालले आधा दर्जन कीर्तिमान बनाइरहँदा दीपेन्द्र सिंह ऐरी मुख्य चर्चामा रहे। उनले ९ बलमै अर्धशतक प्रहार गरी सबैभन्दा कम बलमा अर्धशतक हान्ने खेलाडीको कीर्तिमान राखे।

यसअघि भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको कीर्तिमानलाई दीपेन्द्र सिंह ऐरीले तोडेका हुन्। युवराज सिंहले १२ बलमा अर्धशतक प्रहार गरी विश्व कीर्तिमान राखेका थिए।

मंगोलियाविरूद्धको खेलमा दीपेन्द्रले १९औं ओभरका पछिल्लो पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाए।

छोराको चर्चा देशविदेशमा चुलिएकोमा प्रफूल्लित छन् ऐरीका बाबु गगनसिंह ऐरी।

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा जन्मिएका दीपेन्द्र बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको बाबु गगनसिंह बताउँछन्।

बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन गाउँनै खुसी रहेको उनले बताए।

बुधबार एसियन गेममा नेपाल खेल्दै छ भन्ने उनलाई थाहा थियो। तर सोही दिन उनको घरमा टेलिभिजनको रिचार्ज सकिएको रहेछ। रिचार्ज किन्न उनी सुकासाल चौराहा पुगेका थिए।

रिचार्ज किन्न कम्प्युटर पसलमा पुगेका उनलाई कम्युटर पसलेले नै दीपेन्द्रको बारेमा आएका समाचारहरू देखाएरसुनाए।

‘त्यतिबेला ममा खुशीको सिमा नै थिएन,’ उनले भने।

दीपेन्द्र गाउँकै एक निजी विद्यालयमा एसएलसीसम्म पढेका थिए। स्कुलमा हुँदा पनि विभिन्न खेल जितेर पुरस्कार ल्याउँथे। गगनकुमारका चार छोरामध्ये साइँला छोरा हुन् दीपेन्द्र।

बाबु गगनकुमारका अनुसार दीपेन्द्र उच्च माध्यमिक शिक्षा अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे।

त्यतिबेला स्कूलका प्रिन्सिपल थिए दीपकराज चालिसे। त्यतिबेला उनी प्याब्सनका अध्यक्षसमेत थिए।

उसको खेल देखेरै मैले दीपेन्द्रलाई क्रिकेटमा आउन सुझाव दिएको थिएँ। स्कुलस्तरमा खेल्ने शैली र मेहनतबाट प्रभावित भएरै क्रिकेट खेल्न जोड दिएका थियौं, नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष रहेका चालिसेले भने, हामीकहाँ नै भर्ना भएपछि सन् २०१४ देखि नै अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा उ सहभागी हुन थाल्यो।

त्यसले नै थाहा हुन्थ्यो क्रिकेटप्रति दीपेन्द्रको लगाव। ‘त्यही लगाव र मेहनतका कारण उ सफलतातर्फ लम्किँदैछ,’ बाबु गगनकुमारले भने ।

उनलाई भने छोरा पढेर राम्रो सरकारी जागिरे बनोस् भन्ने इच्छा थियो।

‘छोराको सफलताले अहिले स्थानीयदेखि भेट्ने र चिन्नेहरूले पनि मलाई नै बधाई दिन्छन्,’ उनले भने।

करिब ४० वर्ष वन कार्यालयमा प्राविधिक खरिदारको जागिरे जीवन बिताएका गगनसिंह परिवारसहित २०३६ सालमा बैतडीबाट तिलाचौउर बसाइँ सरेका थिए।

गगनसिंह पनि कुनै समय सितेरियो कराँते र भलिबलका खेलाडी थिए। दीपेन्द्रका दुई दाजुले पनि क्रिकेट खेलेका थिए।

उनकी छोरी पनि सशस्त्र प्रहरी बलमा जागिरे भएर एपिएफ क्लबबाट क्रिकेट नै खेलिरहेकी छन्।

नेपाली क्रिकेटका परिचित नामहरु प्रदीप ऐरी र कमलसिंह ऐरी पनि दीपेन्द्रका दाजुभाइ हुन्। परिवारभित्र पर्छन्।

‘छोराछोरीलाई सँधै अनुशासन र गलत लतमा नपरोस् भनेर सम्झाउने गर्थें,’ गगनकुमार भन्छन्, ‘समयअनुसार परिपक्क हुँदै अहिले राम्रो बाटोमा हिँडिरहेका छन्।ु

छोराले आफ्नोमात्र नभइ देशको नाम राखेकोमा अझै गर्वको महशुस भएको उनले सुनाए। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com