ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरियाणाका कांग्रेस विधायक मामन खान गिरफ्तार


abc tv
भाद्र २९, २०८० शुक्रबार  ११ : ४१ बजे

नयाँ दिल्ली । भारतको हरियाणा प्रहरीले नुह हिंसामा संलग्न आरोपमा भारतीय कांग्रेसका विधायक मामन खानलाई पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार हरियाणा प्रहरीले शुक्रबार उक्त पक्राउको जानकारी दिएको हो।

हरियाणा सरकारले बिहीबार उच्च अदालतलाई कांग्रेस विधायक मामन खानलाई नुह हिंसाका सम्बन्धमा एफआईआरमा आरोपित बनाइएको जानकारी गराएको छ।

यसपछि बिहीबार राति फिरोजपुर झिरकाका विधायक मामन खानलाई पक्राउ गरिएको हो।

फिरोजपुर झिरकाका प्रहरी नायब उपरीक्षक तथा घटनाको अनुसन्धान गरिरहेको एसआईटीका प्रमुख सतीश कुमारले पक्राउ गरेको पुष्टि गरेका छन्।

विधायकलाई पक्राउ गरिएको हो भनेर सोध्दा उनले भने, ‘हो।’

बिहीबार, हरियाणा सरकारले अदालतलाई प्रहरीसँग ममन खानको फोन कल रेकर्ड र अन्य प्रमाण रहेको जानकारी दिएको छ।
जुलाई ३१ मा हरियाणाको नुहमा विश्व हिन्दू परिषद्‌को जलाभिषेक यात्रामा हिंसा भड्कियो र हेर्दाहेर्दै साम्प्रदायिक हिंसा र आगजनी गुरुग्राम, सोहना र वरपरका क्षेत्रमा फैलियो। उक्त हिंसामा ६ जनाको मृत्यु भएको छ।

हालै हरियाणा सरकारले नरिस जुनैद हत्या प्रकरणमा मोनु मानेसरलाई पक्राउ गरेको थियो। बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com