बुटवल, २४ माघ ।
प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेले ४ र माओबादी तथा कांग्रेसले २, २ सिट हात पारेकाछन् ।
दलित तर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार बिजयी हुनुभएको छ । चमारको मत ५ हजार ५ सय ८ आएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मैकुलाल वाल्मीकिको मतभार २ हजार ३ सय ७० आएको छ । यसैगरी अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओबादी केन्द्रका उम्मेदवार राजकुमार कुवर बिजयी हुनुभएको छ । कुवरको मतभार ५ हजार ३ सय ४० आएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका लुटबहादुर खत्रीको मतभार भने २ हजार ५ सय २० आएको छ ।
यसैगरी, तीन पदका लागि एमाले, माओबादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेबाट खिमलाल भट्टराईको मतभार ३ हजार ६, माओवादी केन्द्रबाट चन्द्र बहादुर खड्काको मतभार २ हजार २ सय ० र कांग्रेसबाट दुर्गाप्रसाद उपाध्यायको २ हजार ४ सय १ मतभार रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । तीनै जना उम्मेदवारले ल्याउनु पर्ने मतभार भन्दा बढी मत पाएपछि विजयी भएको घोषणा गर्नुभयो । यस प्रदेशवाट निर्वाचित हुने महीला सदस्यहरु एमालेबाट कोमल वलि र मिना बुढा तथा नेपालि काग्रेसकि अनिता देवकोटा मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित भएका थिए । खुलातर्फ एकल सक्रमणीय प्रणालीतर्फ जित्नकालागि १९६८ मत आवश्यक भएपनि पहिलो चरणमा मत पुगेपछि मत सक्रमणीयमा गएन ।३ सय ५ मतमध्य ३ सय ३ मत खसेकोमा ११ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। विजयीहरुलाई विहीवार विहान ८ बजे औपचारिक कार्यक्रमकावीच प्रमाणपत्र प्रदान गरिने अधिकृत रावलले जानबारी दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्