ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा एमालेवाट ४, माओबादी र कांग्रेसवाट २-२ जना राष्ट्रिय सभामा निर्वाचित


sharan sharan
माघ २४, २०७४ बुधबार  ८ : ३९ बजे

बुटवल, २४ माघ ।
प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेले ४ र माओबादी तथा कांग्रेसले २, २ सिट हात पारेकाछन् ।
दलित तर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार बिजयी हुनुभएको छ । चमारको मत ५ हजार ५ सय ८ आएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मैकुलाल वाल्मीकिको मतभार २ हजार ३ सय ७० आएको छ । यसैगरी अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओबादी केन्द्रका उम्मेदवार राजकुमार कुवर बिजयी हुनुभएको छ । कुवरको मतभार ५ हजार ३ सय ४० आएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका लुटबहादुर खत्रीको मतभार भने २ हजार ५ सय २० आएको छ ।
यसैगरी, तीन पदका लागि एमाले, माओबादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेबाट खिमलाल भट्टराईको मतभार ३ हजार ६, माओवादी केन्द्रबाट चन्द्र बहादुर खड्काको मतभार २ हजार २ सय ० र कांग्रेसबाट दुर्गाप्रसाद उपाध्यायको २ हजार ४ सय १ मतभार रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । तीनै जना उम्मेदवारले ल्याउनु पर्ने मतभार भन्दा बढी मत पाएपछि विजयी भएको घोषणा गर्नुभयो । यस प्रदेशवाट निर्वाचित हुने महीला सदस्यहरु एमालेबाट कोमल वलि र मिना बुढा तथा नेपालि काग्रेसकि अनिता देवकोटा मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित भएका थिए । खुलातर्फ एकल सक्रमणीय प्रणालीतर्फ जित्नकालागि १९६८ मत आवश्यक भएपनि पहिलो चरणमा मत पुगेपछि मत सक्रमणीयमा गएन ।३ सय ५ मतमध्य ३ सय ३ मत खसेकोमा ११ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। विजयीहरुलाई विहीवार विहान ८ बजे औपचारिक कार्यक्रमकावीच प्रमाणपत्र प्रदान गरिने अधिकृत रावलले जानबारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com