ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने


admin

काठमाडौँ, २४ माघ । न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । 

फाइल फोटो

राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो धुवाँले गर्दा काम गर्न समस्या परेको बताउनुहुन्छ । “धुवाँ र धुलोले गर्दा एकजोर कपडा एक दिनभन्दा दुईदिन लगाउन मिल्दैन,”– उहाँ भन्नुहुन्छ ।

दरबारमार्गमा कार्यरत अर्का जवान हप्ताको तीनजोर कपडा फेर्ने गरेको बताउनुहुन्छ । “तलबको पैसाले कपडा धुने की, परिवार पाल्ने की औषधोपचार गर्ने ? – उहाँ भन्नुहुन्छ ।

यी केवल घटनाका पात्रमात्र हुन्, अधिकांश तल्लो तहका कर्मचारी भने तलब थोरै र काम धेरैले गर्दा मर्कामा परेका हुन् । मुलुकको जनसंख्यासँगै बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीले तोकेको समयभन्दा धेरै समय काम गर्दै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी अहिले उपत्यकाका ट्राफिकले दैनिक न्यूनतम १० घण्टादेखि अधिकतम १६ घण्टासम्म काम गर्दै आएको बताउनुहुन्छ । “ट्राफिक दरबन्दी थोरै र सवारी संख्या धेरै हुँदा ट्राफिक खटिनुपरेको छ,”– उहाँ भन्नुहुन्छ ।

एउटा ट्राफिक प्रहरी जवानले मासिक तलब रु १७ हजार २३०का साथै रू एक हजार भत्ता पाउँदै आएका छन् । विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने निर्णय गरिएको थियो । आर्थिक वर्ष २०७०÷०७१ मा १५ प्रतिशत कमिशन पाएका ट्राफिकले त्यसपछि भने पाएका छैनन् ।

ट्राफिक प्रहरीले भत्ताका लागि नै जथाभावी रुपमा पैसा लियो भन्ने चालकको ब्यापक गुनासो आएपछि गृहमन्त्रालयले विसं २०७४ जेठमा १५ प्रतिशत कमिशन लिने प्रक्रिया हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।

गृहले तल्लो तहका ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशत र माथिल्लो तहका कर्मचारीलाई तलबको २५ प्रतिशत अतिरिक्त भत्ता माग गर्दै अर्थ मन्त्रालयमा पठाएकामा अहिलेसम्म अर्थ मन्त्रालयले यसबारे केही जवाफ दिएको छैन ।

अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेल ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने विषयमा कुनै निर्णय भइनसकेको बताउनुहुन्छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार हाल मुलुकमा झण्डै २८ लाख साना, ठूला सवारीसाधन भएकामा काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् ।

काठमाडौँ उपत्यकामा एक हजार ५९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४७२ किलोमिटर छ । उपत्यकामा हाल ३८ एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ ।

ती सवारीसाधन व्यवस्थापनका लागि अहिले मुलुकभर तीन हजारको हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपाने ट्राफिक प्रहरीको दरबन्दी दुई हजार ३६४ मात्र भएकाले खटाइको मात्रा बढेको बताउनुहुन्छ । “ट्राफिकको काम सवारी साधन व्यवस्थापनमात्र भए पनि सबै काम गर्नुपरेको छ,”– उहाँ भन्नुहुन्छ ।

काममा खटिने ट्राफिकलाई एकछिन थकाइ लागेको बेलामा बस्ने ठाउँदेखि तिर्खा लागेको बेला पिउने पानीसमेतको व्यवस्था नभएको उहाँको भनाइ छ । उपत्यकामा एक हजार ८५, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय २९०, मध्यमाञ्चल ट्राफिक कार्यालय पथलैयामा ४०२, पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय बुटवलमा २७९, मध्यपश्चिमाञ्चल ट्राफिक कार्यालय कोहलपुरमा १९२ र सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियामा १३३ ट्राफिक प्रहरीको दरबन्दी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com