ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापारीले यसअघि नै आयात भइसकेको प्याजको मूल्य बढाए


एबीसी न्यूज

काठमाडौं, ४ भदौ । भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । व्यापारीले यसअघि नै आयात भइसकेको प्याजको मूल्य बढाएका छन् ।भारतले गएको शनिवार निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो ।

यतिबेलासम्म नेपाली बजारमा खुद्रा पसलमा प्याज किलोको ५० देखि ६० रुपैयाँमा पाइन्थ्यो । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आज पनि प्याज किलोको ६० देखि ६२ रुपैयाँ थोक मूल्य छ । तर, भारतले कर लगाए लगत्तै खुद्रा पसलमा प्याजको मूल्य किलोको एक सय रुपैयाँसम्म पुगिसकेको छ ।व्यापारीले मौकाको फाइदा उठाउँदै पहिल्यै आयात भएको प्याजको मूल्य समेत बढाएर कालोबजारी गरेका छन् । प्याजलगायत तरकारी नेपालमै प्रशस्त उत्पादन हुने भए पनि बजार नपाउँदा खेती घट्दै गएको छ । भारतसँग निर्भरता बढ्दा उपभोक्ताले महँगीको मार खेप्नु परेको छ ।

प्याजमा आत्मनिर्भर हुन भन्दै केही वर्ष पहिले सरकारले प्याज मिसन कार्यक्रम ल्याएको थियो । तर, त्यो प्रभावकारी हुन सकेन । प्याजलगायत तरकारीले बजार नपाउने गरेको किसानले गुनासो गर्दै आएका छन् । सिजनको समयमा भारतबाट सस्तोमा आयात हुँदा स्वदेशी उत्पादन खेर जान्छ । अहिलेको जस्तै अफसिजनमा आयात रोकिँदा नेपालमा महँगो हुन्छ ।कृषि विज्ञले प्याज, गोलभेँडालगायत तरकारीमा आत्मनिर्भर हुन सकिने भन्दै किसानलाई प्रोत्साहन दिन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com