नयाँदिल्ली । भारतस्थित आम आदमी पार्टीका सांसद सुशील गुप्ता आज (बुधबार) टमाटर र अदुवाको माला लगाएर संसद् भवन पुगेका छन्।
सुशील गुप्ता आम आदमी पार्टीबाट राज्यसभा सांसद हुन्।
उनले आधिकारिक ट्विटर अकाउन्टमा टमाटर र अदुवाको माला लगाएको तस्विर पोस्ट गरेका छन्।
क्याप्सनमा उनले लेखेका छन्, ‘बहुत हुई महङ्गे टमाटर की मार, अबकी बार…।’
सुशील गुप्ताले मंगलबार आफ्नो ट्विटर अकाउन्टमा भिडिओ पोस्ट गरेका थिए। जहाँ टमाटर किन्ने मानिसको लामो लाइन छ।







प्रतिक्रिया दिनुहोस्