ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन: मन्त्री शर्मा


ABC NEWS
श्रावण १८, २०८० बिहीबार  ४ : ४१ बजे

काठमाडौं १८ साउन । करीब सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नभएको सरकारले जनाएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले अर्को समिति बनाउन आवश्यक नभएको बताएकी छन्। “राजस्व अनुसन्धान विभाग भनेको सरकारको सबैभन्दा शक्तिशाली विभाग हो। अहिले छानबिन प्रभावकारी ढंगले अगाडि बढिरहेको छ,” प्रवक्ता शर्माले भनिन्, “थप समिति बनाउने, विषयवस्तुलाई ‘डाइभर्ट’ गर्ने कुराले अनुसन्धान प्रक्रियामा पनि प्रभाव पर्छ।”

नेकपा (एमाले) ले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। जसले गर्दा संसद् अवरुद्ध भइरहेकोछ ।

सरकारले भने यसमा अर्को समिति गठन नहुने जनाएको हो। “हिजो ३३ किलो सुन छानबिनमा पनि समिति बनेन, अरु वेला पनि बनेन,” प्रवक्ता शर्माले भनिन्, “अहिले फेरि अर्को समिति बनाउँदा यो छानबिन प्रभावित हुन्छ र वास्तविक दोषी समात्ने कुरामा पनि ढिला हुनसक्छ।”

हङकङबाट आएको करीब सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ गते बरामद गरिएको थियो। विमानस्थलबाट भन्सार पास भएर आएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्। थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com