काठमाडौं । दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभा बैठक एक हप्ताका लागि सरेको छ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै आएको एमालेले आजको बैठक पनि अवरुद्ध गर्ने भएपछि बैठक बस्न सकेन ।







प्रतिक्रिया दिनुहोस्