ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्च अदालतको आदेश


ABC NEWS
श्रावण १६, २०८० मंगलबार  २ : ४९ बजे

काठमाडौं १६ साउन । काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ । मध्यबानेश्वर सडकको ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले सोमबार आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर आफनो जग्गा दाबी गर्दै आएका विश्वनाथ ९जनार्दन ० आचार्यले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासल उक्त रिटमाथि अल्पकालीन आदेश जारी गरेका हुन् ।

‘२०६३ माघ ३ गतेको पत्रको व्यहोरा हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश सम्बन्धमा आदेश गर्नु उपयुक्त हुने देखिएको’ अदालतले जनाएको छ । विवादको विषयसँग सम्बन्धित लिखत, कागजात वा अन्य सबुद प्रमाण भए सोसमेत लिएर उपस्थित हुन अदालतले भनेको छ ।

सो अवधिसम्म निवेदकले उल्लेख गरेका घरटहरा यथास्थितिमा राख्न अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ को ९२०को ‘क’ र उच्च अदालत नियमावली, २०७३ को नियम ४‘क’ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । कित्ता नं ६८ को जग्गामा मुद्दा परी दुई तहबाट फैसला भएको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । साउन २१ छलफलको लागि अर्को पेशी तोकिएको छ ।

हिजो जारी गरेको आदेश आज विहानै सटरधनी आचार्यले सटरमा टाँसेका छन् । उक्त जग्गामा आचार्यले ४ वटा सटर बनाएका छन् । ती सटरहरुमा उनले मासिक ७० हजारका दरले भाडामा लगाएका छन् ।

ती सटर भाडामा लिएर आँखा क्लिनिक, फेन्सी, स्टेशनरी र फर्निचर पसल सञ्चालन भइरहेको छ । यी सटरहरु स्वीकृत नलिई र नक्सा पास नगरी बनाइएकाले महानगरले भत्काउने तयारी गरेको थियो । महानगरले सटरमा सूचना टाँस पनि गरेको थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी स्वीकृतबिना टहरा बनाएको विषयमा उजुरी परेपछि महानगरले सुचना टाँसेको हो । महानगरले गत असार ३ गते आर्चायलाई ७ दिनभित्र महानगरको कानुन विभागमा आफैं वा कानून बमोजिमको वारेसमार्फत उक्त मुद्दासँग सम्बन्धित आफूसँग भएको प्रमाण कागजातसहित लिखित जवाफ लिई उपस्थित हुन भनेर पत्र काटेको थियो । सार्वजनिक जग्गा कब्जा गरेको हो होइन भनेर महानगरको नगर प्रहरीले स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गरेको थियो ।

सोही प्रतिवेदनको आधारमा कानुन विभागले प्राविधिक प्रतिवेदन तयार गरी कारबाहीको लागि उपमेयरको न्यायिक निकायमा पठाउने तयारी गरिरहेको थियो । स्वीकृत नलिई बनाइएका टहराहरु जोगाउन आचार्य उच्च अदालत पाटन गएका थिए । यसअघि जिल्ला अदालत काठमाडौंले ती जग्गा सार्वजनिक भएको ठहर गरिसकेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा दर्ता बाँकी भएकाले स्रेस्ता उतार पठाउन नसकिने पत्र वडालाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com