ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा नयाँ सरकार गठनका लागि सभामुख गौतमले राजीनामा दिँदै


abc tv

इटहरी । कोशी प्रदेशमा सभामुखको राजीनामा गराएर पुनः गठबन्धनले नयाँ सरकारका लागि दाबी पेस गर्ने भएको छ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ।

त्यसअघि कोशीका सभामुख बाबुराम गौतमले राजीनामा दिने नेकपा माओवादीका केन्द्रका सांसद दुर्गा चापागाईंले जानकारी दिए।

त्यसपछि समयसीमा अघि नै मुख्यमन्त्री पदका लागि गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको छ।

यसअघि सभामुखसमेतको हस्ताक्षर प्रयोग गरी बहुमत पुर्‍याएर गठबन्धनले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएको थियो।

तर एमालेले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको नियुक्ति असंवैधानिक ठहर गरेपछि त्यहाँ पुनः नयाँ सरकार गठनको आह्वान भएको हो।

यसपटक पनि गठबन्धनले थापालाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने सम्भावना छ।

प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रकाका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएकाले बहुमत ४७ सांसद पुर्‍याउन गठबन्धनले सभामुखलाई राजीनामा दिन लगाउने भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com