ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाका तीन गाउँमा पहिरो, गाउँ नै विस्थापित हुने स्थितिमा


abc tv
श्रावण १३, २०८० शनिबार  ३ : ०४ बजे

हुम्ला । रादेउ, उनापानी र रिप गाउँमा ठूलो पहिरो जाँदा लाखौंको क्षति भएको छ । सदरमुकाम सिमकोटदेखि ३२ कोष दुरीमा रहेको सर्केगाड गाउँपालिका वडा–८ रादेउ, २ रिप गाउँ र ३ उनापानीमा शुक्रबार रातिको ठूलो वर्षासँगै पहिरो जाँदा पुल–पुलेसा, खेतबारी, घर र सडकहरुमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

एक सातादेखि वर्षा भइरहेकोमा शुक्रबार रातिको ठूलो वर्षासँगै पहिरो गएको हो । रादेउमा पुल–पुलेसा, घट्ट, काठेपुल र खेतबारी बगाएको हुँदा गाउँ नै जोखिममा परेको छ । स्थानीय रामबहादुर रोकायाको घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीय प्रकाश ऐडीले बताए ।

रिपमा २३० घरधुरी रहेको र गाउँ वरपरका खेतबारीमा पहिरो जाँदा त्यहाँ रहेका सबै गाउँले नै त्रसित अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

उनापानीमा भने तातोपानी लघुविद्युत् आयोजनाको पावर हाउसमै पहिरोले क्षति पुर्‍याएको छ । त्यस गाउँमा रहेका तातोपानीका कुण्डहरु सबै पुरिएका छन् । खानेपानीका मुहान पुरिनुका र २५, २६ हेक्टरमा लगाइएको धान खेत पहिरोले बगाएको स्थानीय एमबी थापाले बताएका छन् ।

निरन्तरको वर्षा र पहिरोको त्रासले उद्धार टोलीका लागि समेत सर्केगाड पुग्न हम्मेहम्मे परेको छ । जिल्लाबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा ३० जनाको प्रहरी, लप्टन पवन पन्तको नेतृत्वमा २५ जना र सशस्त्र प्रहरी १५ जना गरि ७० जना बिहान सिमकोटबाट पहिरोको अनुगमन र पीडितहरुको उद्धारमा गएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com