ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मणिपुरमा यौन हिंसाको भिडियो सार्वजनिक, फाँसी दिने मुख्यमन्त्रीको चेतावनी


एबीसी न्यूज
श्रावण ४, २०८० बिहीबार  ४ : ३७ बजे

 

काठमाडौं ४ साउन। भारतको मणिपुरमा मैतेई र कुकी समुदायकाबीचको हिंसात्मक संघर्षका क्रममा २ महिलामाथि यौन हिंसा भएको भिडियो सार्वजनिक भएको छ ।

भिडले दुई महिलालाई निर्वस्त्र पारेर लखेटिरहेको भिडियोमा देखिन्छ । यो भिडियो सार्वजनिक भए लगत्तै भारतका सत्ता पक्ष तथा विपक्ष दलका नेताहरूले घटनाप्रति आपत्ति जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाबाट आफ्नो हृदय पीडाले भरिएको बताएका छन् । उनले घटनाका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने पनि बताएका छन् ।

मणिपुरमा भइरहेको हिंसाका बारेमा मोदीले केही नबोलेको भन्दै आलोचना भइरहेको थियो ।

मणिपुर प्रहरिले यो घटना ४ मेको भएको र घटनामा संलग्न अपरिचित समूहमाथि अपहरण, सामुहिक बलात्कार र हत्याको अभियोगमा मुद्दा चलाइएको बताएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको पनि प्रहरीले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मणिपुरका मुख्यमन्त्री भारतीय जनता पार्टीका नेता वीरेन सिंहले दोषीलाई फाँसी दिने प्रयास गर्ने बताएका छन् । उनका अनुसार घटनामा संलग्न एक आरोपी पक्राउ परेका छन् । भारतको सर्वोच्च अदालतले पनि यो घटना जानकारीमा आएको भन्दै यसबारेमा २८ जुलाईमा सुनुवाइ गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा रणनीति : काठमाडौंका दुई क्षेत्र र चितवन मात्र ग्रिन जोन, अन्यत्र सबैतिर त्रास, अब के गर्ने ?‘

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सम्बन्धित

रास्वपा रणनीति : काठमाडौंका दुई क्षेत्र र चितवन मात्र ग्रिन जोन, अन्यत्र सबैतिर त्रास, अब के गर्ने ?‘

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

गण्डकीसहित २ प्रदेशमा आज राति वर्षा र हिमपात हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com