ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावमा अन्तरघात २१ सय भन्दा कांग्रेसमा उजुरी


ABC NEWS
श्रावण २, २०८० मंगलबार  ५ : २६ बजे

काठमाडौँ २ साउन । नेपाली कांग्रेसमा गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ । निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध विभिन्न ४६ जिल्लाबाट उजुरी परेको छ ।

केन्द्रीय कार्यालयले निर्वाचनमा पार्टी हित विपरीत कार्य गर्नेविरुद्ध उजुरी आह्वान गरेकोमा ४६ जिल्लाबाट २ हजार १ सय नेताविरुद्ध उजुरी परेको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बताए ।

अनुशासन समितिले प्रतिवेदनमाथि मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदैछ । देशभरिबाट परेका उजुरीमाथि विस्तृत प्रतिवेदन तयार गरी केन्द्रीय समितिलाई हस्तान्तरण गर्न लागेको संयोजक ढुंगानाले बताए ।

‘विधानमा पार्टी हितविपरीत गर्नेलाई कारबाही गर्ने व्यवस्था छ । हामीले विधानसम्मत काम अघि बढाएका छौं । तर त्यसबारे छानबिन भइसकेको छैन,’ उनले भने, ‘अब केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यही हुन्छ ।’

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा आयोजना गरेको जिल्ला सभापतिहरुको भेलामा अधिकांश जिल्ला सभापतिहरुले जिल्लाबाट कारबाहीका लागि भएका सिफारिसलाई तत्काल कारबाही गरी टुंगोमा पुर्‍याउनुपर्ने माग गरेका थिए । तर त्यसरी परेका उजुरीमध्ये कतिपय जिल्ला सभापतिहरु विरुद्ध समेत छन् । पार्टीका केन्द्रीय सदस्य र सांसदहरुविरुद्ध समेत उजुरीहरु रहेको अनुशासन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com