ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी जवानलाई नै पाता कसेर यातना


abc tv
असार २७, २०८० बुधबार  ३ : १३ बजे

जनकपुरधाम । जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो ।

घटना गत मंगलबार साँझको हो । बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ ।

हेमन्त राईले पाता कसेर १२ घण्टासम्म यातना दिएको पीडितलाई उद्दृत गर्दै उनका भाइ रजनिस रायले बताए ।

‘दाइलाई बढी टिउटी गराउनुहुन्थ्यो । त्यही विषयमा ईन्सपेक्टर राई समक्ष गुनासो गर्न जानुभएको थियो । उल्टै झपारेपछि दुबैजनाबीच भनाभान भयो । त्यहीँ इन्सपेक्टर राईले दाइलाई पाता कसे,’ भाइ रजनिसले भने ‘जसको भिडियो प्रमाण छ । बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना दिएका छन् ।’

उनले यो घटनाविरुद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको बताए । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी जवानलाई पाता कसेर राखेको भिडियोमा प्रष्ट देखिन्छ । उनी रोइरहेका छन् । अन्य प्रहरी अधिकारीले उनलाई गालीगलौज तथा मादक पदार्थ सेवन कहाँ गरेको सोधिरहेका छन् ।

सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीय बासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए ।

‘मादक पदार्थ अथवा के खाएर पब्लिकलाई कुट्दै हिँड्ने भएपछि उसलाई नियन्त्रणमा लिएका हौं। जथाभावी पब्लिक, सिपाहीलाई कुटपिट दुर्व्यवहार गरेपछि पाता कस्न परिहाल्छ नि । त्यो मेरो प्रहरी हो ।’ एसपी लिम्बुले भने, ‘तर उनीमाथि कसैले कुटपिट गरेका छैनन् । कार्यालयमा ल्याएर सम्झाई बुझाई गरेको अवस्था हो ।’

एसपीले मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै समयमा प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com