ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोर्डन रोजगारीमा हिँडेका १५ महिलालाई अध्यागमनले विमानस्थलबाट फर्कायो


एबीसी न्यूज

 

 

काठमाडौँ २४ असार । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना नेपाली महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले आइतबार फर्काएको छ ।

एससीसी म्यानपावर कम्पनीमार्फत जोर्डनको बहुर्राष्ट्रिय कम्पनी मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिलाहरुलाई अध्यागमनबाट फिर्ता पठाएको हो । उनीहरु शून्य लागतमा जोर्डनको रोजगारीमा छनोट भएका हुन् । ती महिला श्रमिकहरुको सबै सेवा शुल्क, भिसा, टिकट, स्वास्थ्य परीक्षणलगायत खर्च रोजगारदाता कम्पनीले नै ब्यहोरेको थियो ।

अध्यागमन कार्यालयले वर्किङ भिसा नदेखिएको र लगानी मन्त्रालयले भिसा नवीकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको पत्र भएकोले प्रस्थान दिन नसकिएको पत्र दिएको छ । अध्यागमन कार्यालयले रतनकाली घर्तीमगर, तुलसा कुँवर, विना तामाङ, अमनी तिरुवा, अपर्णा सुनुवार, रेनुका विश्वकर्मा, मञ्जु कामी, सुनिता दोङ, सृष्टि कोइराला सार्कीलगायत १५ जनालाई रोकेको हो । उनीहरुको आइतबार बिहान १० बजे एयर अरेबियाको उडान थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमन विभागले अनावश्यक दुस्ख दिएर व्यवसायीहरुलाई आतंकित बनाएको बताए । ‘जोर्डनको लागि पेपर भिसा हुन्छ । त्यो अध्यागमनलाई थाहा छ । अनलाइनमा नदेखिने भएकोले त्यहाँको परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको भिसा श्रमिकको साथमा थियो । एक हप्ता अगाडि पनि यसरी त्यही भिसा बोकेर १५ जना जोर्डन थियो’, उनले भने, ‘वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति भइसकेपछि रोक्नुको कुनै तुक छैन । यो विषय गम्भीर छ । हामी गृहमन्त्रीसमक्ष यो विषय राख्ने तयारी गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com