ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँको म्याग्देमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध


एबीसी न्यूज
असार २०, २०८० बुधबार   ९ : ०४   बजे

 

 

पोखरा २० असार । पृथ्वीराजमार्ग अन्तर्गत तनुहँको म्याग्दे गाउँपालिका–६ मौरीबाजार र तुरतुरे बजारको बीचमा बुधबार बेलुका सुख्खा पहिरो खस्दा म्याग्दे–पोखरा सडकखण्ड अवरुद्ध भएको छ ।

सडकबाट करिब १५० मिटर माथिबाट सुख्खा पहिरो खस्दा उक्त सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

उक्त पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री समेतको विपद् व्यवस्थापन प्रहरी टोली, इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, राजमार्ग विस्तारको काम गर्दै आएको चाईनिज कन्स्ट्रक्सन, स्थानीय पालिका तथा स्थानीयहरू समेतको सहकार्यमा काम भइरहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि तनहुँ हुँदै कास्कीको पोखरा तर्फजाने साना तथा मझौला सवारी साधनहरुको लागि वैकल्पिक बाटो दमौलीको भोर्लेटार चोक–कलेस्ती–दुईपिप्ले–पोल्याङ हुँदै कास्कीतर्फ डाइभर्सन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

आज र भोलिभित्र नेविसंघ र दलित संघको नयाँ नेतृत्व आउँछ : गगन थापा

बजेट गरिब र निजी क्षेत्र सिध्याउनलाई आयो–दुर्गा प्रसाईं

नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group