ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिराले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या


एबीसी न्यूज
असार २०, २०८० बुधबार  १ : २० बजे

काठमाडौं, २० असार । अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।

पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो ।

असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिनुभयो । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उहाँको भनाइ छ ।

“अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण मानवीय क्षति भएन”, उहाँले भन्नुभयो । विद्यालयमा पहिराले क्षति पुर्याएसँगै कक्षाकोठाको अभाव भएको उहाँको भनाइ छ ।

“अहिले तत्कालका लागि केही गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बर्खायाम भएकाले अझै क्षति हुने सम्भावना छ ।” उहाँले वर्षे बिदापछि कक्षा सञ्चालन हुने भएकाले वैकल्पिक कक्षाकोठाका लागि व्यवस्थापनमा समस्या हुने बताउनुभयो ।

विद्यालयले जग्गा अभावका कारण दुई ठाउँमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्मको आधारभूत तह सञ्चालन भइरहेको छ ।

शर्माका अनुसार एउटा तीनकोठे भवन २०७५ सालमा रु ३१ लाख ५० हजारमा निर्माण गरिएको हो भने अर्को भवन २०७६ सालमा रु १६ लाख २० हजारमा २०७६ सालमा निर्माण गरिएको थियो ।

ठेकेदारको लापरबाहीका कारण विद्यालयमा क्षति पुगेको स्थानीयको भनाइ छ । सडक निर्माणका क्रममा ठेकेदारले विद्यालयमाथि जथाभावी माटो फालेका कारण विद्यालयमा क्षति भएको स्थानीय अभिभावक राजेन्द्र क्षेत्रीको आरोप छ ।

“शुक्रबार बिहान १० बजे सडकमाथिबाट झरेको पहिराले नाली पुरियो । उक्त पानी नाली हुँदै ग्यावियनभित्र छिरेपछि पहिरो गएको होे”, प्रत्यक्षदर्शी क्षेत्रीले भन्नुभयो, “ठेकेदारका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति भयो ।”

सडक निर्माणका क्रममा ठेकेदारको लापरवाहीका कारण विद्यालयमा क्षति पुगेको अभिभावकहरुको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितवहादुर थापा मगरले सडक निर्माणका क्रममा प्राविधिक त्रुटी भएको आशंका व्यक्त गर्नुभयो ।

सडक निर्माणका क्रममा हामीले ठेकेदार र प्राविधिकलाई विद्यालयमाथि माटो राख्दा समस्या हुन्छ भनेर बारबार अनुरोध गरेको भएपनि सुनुवाई नभएको उहाँको भनाइ छ । “अविरल बर्षसँगै आएको एक दिनको पानीले लाखौको क्षति बनायो”, उहाँले भन्नुभयो, “तत्काललाई समस्या नभएपनि विद्यालय संचालनका क्रममा विद्यार्थी कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ ।”

गत सोमवार फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले विद्यालयको स्थलगत निरिक्षण गर्नुभएको छ । विद्यालयमा भएको क्षतिको विषयमा प्रहरी मुचुल्का बनाएर विभिन्न सङ्घसंस्था हुँदै गृहमन्त्रालयमा पठाउने तिवारीले बताउनुभयो । विद्यालयको क्षति र समस्याका विषयमा तत्काल राहतका लागि पहल गर्नेसमेत तिवारीको भनाइ छ । विसं २०१३ सालमा स्थापना भएको विद्यालयमा हाल ४३८ जना विद्यार्थी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

लोकतन्त्रको उपेक्षा ः कांग्रेस नेता, किरण, एमाले नेता, शान्ती , नेकपा नेता, कुँवर । भिडियो

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com