ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा


एबीसी न्यूज
असार १८, २०८० सोमबार  १ : ४९ बजे

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए ।

आर्थिक रूपमा मात्रै होइन विश्वमहाशक्तिका रूपमा उदाउँदै गरेको प्रधानमन्त्रीको चीन भ्रमण नेपालका लागि फलदायी हुने बताए ।

‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीको आगमी सेप्टम्बरमा हुने चीन भ्रमण महत्वपूर्ण हुनेछ । सार्थक हुनेछ,’ उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ, राष्ट्रको हितलाई केन्द्रमा राखेको छ । सैन्य गठबन्धनमा तटस्थ छ ।’

उनले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको बताए ।

‘भारतसँग हाम्रो दुई तिहाई व्यापार चलिरहेको छ । सामाजिक र सांस्कृतिक सम्बन्ध छ । नदीहरू समुद्रसम्म पुग्दा भारत भएरै बग्ने गर्छन् । हाम्रो घनिष्ठ सम्बन्ध छ,’ उनले भने, ‘पारवहानका लागि तेस्रो मुलुकबाट हुने व्यापार मात्रै चीनबाट हुने व्यापारको पनि हिन्दमहासागर मार्फत नै आउने हुनाले भारतसँग पनि सम्बन्ध राख्नुपर्ने आवश्यक्ता छ ।’ उनले उत्तरी छिमेकी चीन विश्वव्यापी रूपमा शक्ति राष्ट्रका रूपमा उदाइरहेको भन्दै त्यसको सकरात्मक सदुपयोग गर्न सकिने बताए ।

‘चीन आर्थिक हिसाबले मात्रै होइन, एउटा महाशक्ति राष्ट्रका रुपमा उदाइरहेको छ,’ उनले भने, ‘चीनको त्यो विकाशको छलाङलाई नेपालको सन्दर्भमा पनि त्यसको सकरात्मक उपयोग गर्न सक्यौँ भने हामी चीनको र भारतको उदाउँदो अर्थतन्त्रबाट हामी प्रतिफल लिन सक्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

अध्यादेशको धक्का: ११० संस्थाका १५९४ पदाधिकारी एकैपटक पदमुक्त !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com