काठमाडौ असार १७ । भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बा। ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं६ पाण्डुबजार बस्ने ४५ वषर्ीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो ।उनको डा। इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वषर्ीया अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् । उनी उपचारपछि गएराति नै घर फर्किसकेकी छन् ।








प्रतिक्रिया दिनुहोस्