ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहुल गान्धीलाई मणिपुरको हिंसाग्रस्त क्षेत्रमा जान रोक


एबीसी न्यूज
असार १४, २०८० बिहीबार  ३ : ५३ बजे

 

काठमाडौं १४ असार,। भारतीय विपक्षी दल कांग्रेस आईका वरिष्ठ नेता राहुल गान्धीलाई प्रहरीले मणिपुर राज्यको हिंसाग्रस्त क्षेत्रमा जान रोक लगाएको छ ।

उत्तर पूर्वी राज्यहरुको २ दिने भ्रमणमा निस्किएका गान्धी बिहीबार मणिपुरको राजधानी इम्फाल पुगेका थिए ।

इम्फाल पुगे लगत्तै गान्धीले सामाजिक सञ्जाल फेसबुकमा मणिपुरमा शान्ति र अमनचयन कायम गर्नु पहिलो प्राथमिकता भएको लेखेका थिए ।

त्यसलगत्तै कांग्रेसका वरिष्ठ नेता भेनुगोपालले पत्रकारहरुलाई गान्धीको सवारी रोकिएको जानकारी दिए । चुराचन्दपुर हिँडेका गान्धीको गाडीलाई प्रहरीले विष्णुपुर नजिकै रोकेको उनले बताए ।

‘प्रहरीले हामीलाई अनुमति दिने स्थितिमा नरहेको बतायो,’ भेनुगोपालले भने, ‘सडकको दाया बाया उभिएका स्थानीयबासिन्दाले हात हल्लाएर राहुल गान्धीको स्वागत गरिरहेका थिए, उनीहरुले हामीलाई किन रोके रु मैंले केही बुझ्न सकिनँ ।’

प्रहरीले भने गान्धीको सुरक्षालाई ध्यानमा राखेर गाडीबाट अघि बढ्न नदिएको र हेलिकोप्टरबाट जान भनेको बताएको छ ।

मणिपुरमा पछिल्लो २ महिनादेखि स्थानीय मैती र कुकी समूदायबीच हिंसा भइरहेको छ । जसमा अहिलेसम्म १०० जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको हिंसाबारे वरिष्ठ अधिकारीहरुसँग छलफल गरेका छन् । तर उनी मणिपुर नगएको भन्दै आलोचना भइरहेको छ ।

केन्द्र सरकारले हिंसा नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आलोचना भएपछि एक हिनाअघि गृहमन्त्री अमित शाह मणिपुर पुगेका थिए । तर पनि त्यहाँ दैनिक जसो नै हिंसाका घटना भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com