ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा समर्थन गर्ने सत्तारुढ दलको संख्या घट्यो


abc tv
असार १३, २०८० बुधबार  २ : ४९ बजे

काठमाडौं । सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको बताउँदै जनमत पार्टीले ‘समर्थन नगर्ने’ निर्णय गरेपछि पक्षमा उभिने दलहरुको संख्या घटेको छ।

अहिले ८ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन्।

सरकारमा अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।

अर्कातिर बजेटलाई लिएर असन्तुष्ट नेकपा एकीकृत समाजवादीले बुधबार बिहान मात्रै पक्षमा ह्विप लगाउने निर्णय लिएको थियो।

तीमध्ये सरकारमा नरहेर पनि जनमतले समर्थन कायमै राखेको छ। यस्तै, स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंह र प्रभु साहले पनि प्रचण्ड सरकारलाई समर्थन दिइरहेका छन्।

तर, मधेस प्रदेशमा विनियोजित बजेटप्रति असन्तुष्ट जनमतले प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटलाई समर्थन नगर्ने निर्णय गरेको हो।

अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)का अनुसार बुधबार बसेको दलको बैठकले बजेट चित्तबुझ्दो नभएपछि समर्थन नगर्ने निर्णय गरेको बताए।

प्रधानमन्त्री प्रचण्डसँग पटक पटक उनको टेलिफोन वार्ता भएको थियो। प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता जनाउने विश्वास दिलाउँदा पनि उनी सहमत हुन सकेनन्।

गरिवमारा, मधेस विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय आज जनमत पार्टी संसदीय दलको बैठकले गरेको छ,’ राउतले नेपालखबरसँग भने, देशको अर्थतन्त्र धरासायी भइराखेका बेला लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनैपनि हालतमा स्वीकार्य छैन।’

६ सांसद रहेको जनमतले समर्थन नगरेपनि सरकारलाई प्रष्ट बहुमत भएकोले बजेट पास हुन्छ।

अहिलेसम्मको अवस्था हेर्दा १५३ सांसदले बजेटको पक्षमा मत दिने देखिन्छ। सत्तामा रहेका सबै दलले पार्टीमा ह्वीप लगाएका छन्।

बुधबार बसिरहेको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका छन्।

यदि प्रधानमन्त्रीबाट कुनै प्रतिवद्धता पाए केही दलले बजेट पासको पक्षमा मत दिन सक्ने देखिएपनि अहिलेसम्म निश्चित भइसकेको छैन।

प्रतिपक्ष बेञ्चमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीले बजेट चित्तबुझ्दो नआएको भन्दै विपक्षमा मत दिने भएको छ।

रास्वपा दलका प्रमुख सचेतक सन्तोष परियारले नेपालखबरसँग भने, ‘हामी प्रतिपक्षमा पनि छौँ, त्यही भएर बजेटको विपक्षमा उभिन्छौं।’

‘समर्थन गर्न सक्ने खालको बजेट आएन,’ उनले थपे।

त्यसैगरी बजेटको विपक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र दुई स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com