काठमाडौँ । निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन मातहत राख्ने बजेट वक्तव्यको बुँदा संशोधन हुनुपर्ने माग राख्दै एमाले र रास्वपाले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
निर्वाचन कार्यालयहरु यथावत् राख्ने भन्ने विषय बजेटमा सच्चिएर नआएपछि विपक्षी दलले विरोध गरेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले यसअघि नै संशोधन गर्ने प्रतिबद्धता जनाएपनि त्यसलाई बैधानिक प्रक्रियाबाट सदनमा नल्याएको भन्दै एमाले र रास्वपाले आपत्ति जनाएका थिए ।







प्रतिक्रिया दिनुहोस्