ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वागनर समूहका प्रमुखले भने ;मस्को मार्च पुटिनप्रति लक्षित थिएन


एबीसी न्यूज
असार १२, २०८० मंगलबार  ९ : ५१ बजे

 

एजेन्सी
१२ असार, काठमाडौं । रुसको निजी सैन्य समूह वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले मस्कोतर्फको मार्च राष्ट्रपति भ्लादिमिर पुटिनप्रति लक्षित नभएको बताएका छन् ।

विद्रोहको धम्की दिएको २४ घण्टामै पछि हटेका उनले ११ मिनेट लामो अडियो सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

अडियोमा वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले भनेका छन्, ‘हामी विरोध जनाउनका लागि मार्च गरिरहेका थियौं । सरकार ढाल्न होइन ।’

युक्रेन विरुद्धको लडाइँमा खटिएको वागनर समूहले रुसी सेनाले पर्याप्त हतियार नदिएको र रुसी सेनाले आफ्नै भूमिमा आक्रमण गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । यिनै असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को प्रवेश गर्ने भनेर धम्की दिएर मार्च सुरु गरेपछि रुसमा हलचल मच्चिएको थियो । तर २४ घण्टामै वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले पछि हटेको घोषणा गरेका थिए ।

त्यसपछि रुसी सरकारी सञ्चार माध्यमहरुले प्रिगोजिन पछि हटेको र अब बेलारुस जाने बताएका थिए ।

वागनर समूहको विरोध अन्त्य भएपछि पहिलोपटक प्रिगोजिनको अडियो सन्देश सार्वजनिक भएको हो । तर उनी अहिले कहाँ छन् र कहाँबाट अडियो सन्देश सार्वजनिक गरे भन्ने नखुलेको बीबीसीले जनाएको छ ।

उनले अडियोमा भनेका छन्, ‘वागनर समूहलाई बर्बाद हुनबाट जोगाउने र लडाइँमा भएका गल्तीमा जिम्मेवार बनाउने मार्चको उद्देश्य थियो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com