ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महत्त्वहीन खेलमा प्रतिष्ठाको लडाइँ


एबीसी न्यूज

असार १२

बेंगलुरु
सन् २०११ तिर नेपाली टिम सम्हाल्न उनी यता आएका थिए । त्यसको ठीक अगाडि उनी पाकिस्तानमै थिए । प्रशिक्षकका रूपमा केही समय बिताए । लाहोरमा छँदा उनलाई आधुनिक बन्दुकधारीले दिनरात सुरक्षा दिनुपर्थ्यो । फुटबल शून्यको स्थितिमा थियो । यो पुरानो प्रसंग किनभने अहिले बेंगलुरुमा चलिरहेको साफ च्याम्पियनसिपमा सबैभन्दा कमजोर प्रदर्शन गरेको टिम छ पाकिस्तान ।

जति–जति बेला ग्राहम रोबर्टस पहिलोपल्ट काठमाडौं झरेका थिए, त्यतिबेला उनी भन्थे, ‘पाकिस्तानी फुटबलको स्तर नै छैन, नेपालको फुटबल त कति माथि हो कति

अहिले पनि पाकिस्तानी फुटबल गतिविधि शून्यजस्तै छ । फिफाबाट प्रतिबन्ध खुलेको पनि धेरे भएको छैन । अनि यही पाकिस्तानको सामना गर्दै नेपालले मंगलबार प्रतियोगिताबाट बिदा लिँदै छ । कम्तीमा कागजमा दुवै टिमको स्थिति समान छ । दुवै आफ्नो सुरुआती खेलमा पराजित रहे । त्यसको अर्थ दुवै शून्य अंकमा छन् । यो समूहबाट अन्तिम दिनको खेलअगाडि नै डिफेन्डिङ च्याम्पियन भारत र कुवेत सेमिफाइनल पुगिसकेका छन् । कान्तिरभा रंगशालामा समूह ‘ए’ को अन्तिम खेलमा यिनै भारत र आमन्त्रित कुवेत खेल्दै छन् । यो आफैंमा प्रतिष्ठाको खेल हुनेछ ।

यो खेलले समूह विजेता पनि निर्धारण गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल पनि प्रतिष्ठाकै लडाइँ हो । भलै, यसको धेरै महत्त्व छैन । तर यो यही खेल हो, जसले समूहको पुछारमा पर्ने टिमको निर्धारण गर्नेछ । त्यसैले सबैले भनिरहेका छन्, पाकिस्तान सबैभन्दा कमजोर छ भनेर । यही टिमविरुद्ध आफू अनुकूल नतिजा निकाल्न सकेन भने नेपाल सबैभन्दा खराब टिमको दाग लाग्ने छ । डर यही हो नेपाली टिमका लागि । डर के तथ्यमा पनि छ भने पाकिस्तान प्रायः नेपाललाई दुःख दिने टिममै पर्छ । इतिहासले यस्तै भन्छ ।

नेपालविरुद्ध पाकिस्तान

सन् १९८५ मा पहिलो पटक नेपालले पाकिस्तानको सामना गरेको थियो । अवसर थियो दक्षिण एसियाली खेलकुद । त्यसयता दुई टिमबीच अहिलेसम्म १७ खेल भएको छ । त्यसमा नेपाल ६ खेलमा विजयी छ भने ५ खेल पाकिस्तानको पक्षमा गएको छ । बाँकी ६ खेल भने बराबरीमै टुंगिएको छ । दक्षिण एसियाली प्रतिद्वन्द्वीमध्ये भुटानपछि नेपालको सबैभन्दा बलियो प्रदर्शनको आँकडा रहेको टिम त पाकिस्तान नै हो । तर, मैदानमै पनि नेपाललाई बराबरीको हैसियतले प्रायः बलियो टक्कर दिने टिममा पर्छ पाकिस्तान । यसको एउटा राम्रो उदाहरण त साफ च्याम्पियनसिप आफैं हो ।

नेपाल र पाकिस्तानबीच यो खास प्रतियोगितामा ७ खेल भएको छ, त्यसमध्ये नेपाल दुईपल्ट मात्र विजयी छ भने पाकिस्तान दुईपल्ट । बाँकी तीन खेल भने बराबरीमा टुंगेको छ । पछिल्लो समय पाकिस्तान आन्तरिक कलहका कारण लामै समय फिफाको प्रतिबन्धमा रह्यो । त्यो प्रतिबन्ध फुकुवा भएयता पाकिस्तानले सामना गरेको पहिलो टिम भन्ने नै नेपाल हो । गत वर्ष मात्रै पाकिस्तान अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न काठमाडौं आएको थियो । त्यसमा नेपाल विजयी थियो । त्यसयता सबै ८ खेलमा पाकिस्तान लगातार पराजित छ । यी सबै खेलमा यो टिमलै एक गोलमात्र गरेको छ ।

यसले पनि प्रस्ट पार्छ पाकिस्तान आफैंमा कति धेरै कमजोर छ भनेर । पाकिस्तानी टिमका सहायक प्रशिक्षक टार्बेन वेल्स्लीले बारम्बार दोहोर्‍याएर भनेका छन्, अहिलेको पाकिस्तानी टिम नयाँ छ, खेलाडी सबैजसो नयाँ छन् । ‘पोजिसन’ कै आधारमा पनि खेलाडीको प्रदर्शन मिल्न सकेको छैन । फेरि एकपल्ट साफ च्याम्पियनसिपमै फर्कन हो भने यी दुई टिमबीचको पछिल्ला तीन खेलमा नेपाल जितविहीन छ । अझ त्यसमध्ये सन् २०१८ को अन्तिम भेटमा नेपाल पराजित रह्यो । साफमा नेपालले पछिल्लो पटक पाकिस्तानलाई हराएको भनेको सन् २००८ मा हो । त्यस अर्थमा नेपालले पाकिस्तानलाई नहराएको पनि १५ वर्ष भयो ।

नेपाललाई नै अवसर

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस पाकिस्तानविरुद्धको खेललाई अवसर नै मान्छन् । उनी चाहन्छन्, नेपालले प्रतियोगिताको अन्त्य सुखद गर्न सकोस् । उनले भने, ‘हामी पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्नेछौं । जितकै लागि खेल्नेछौं । कम तयारीका बावजुत पनि सुरुआती दुई खेलमा हामीले चाहिँदो प्रयास गरेका थियौं । टिमको प्रदर्शन नराम्रो भन्ने लाग्दैन । मैले प्रशिक्षण सम्हालेयता टिममा सुधार आएको छ, थ्री नेसन्स कपयता नेपालले राम्रो खेल्न थालेको छ । स–साना गल्तीकै कारणले मात्र यसअघिका खेलमा पराजित रहेका हौं, अब त्यस्ता गल्ती दोहोर्‍याउन दिनुहुन्न ।’

उनले थपे, ‘पक्कै पनि प्रतियोगितामा हाम्रो तयारी पर्याप्त रहेन । तर खेलाडीले जस्तो प्रदर्शन गरे, त्यसका लागि धन्यवाद दिन चाहन्छु । यो प्रदर्शनका लागि उनीहरूलाई श्रेय दिनुपर्छ । साफ च्याम्पियनसिपमा जित्दैमा नेपालको फुटबल सुधार भएको र हार्दैमा नेपालको फुटबल कमजोर भएको मान्न सकिन्न ।’

प्रशिक्षक एनिसले पाकिस्तानविरुद्धको खेलमा स्टार खेलाडी अञ्जन विष्टले नखेल्ने पुष्टि गरे । भारतविरुद्धको खेलमा उनी घाइते भएका थिए । पहिलो हाफको अन्त्यतिर उनलाई सब्स्टिच्युट गरिएको थियो ।

उनको अनुपस्थितिमा नेपालको प्रदर्शनमा धक्का लागेको थियो । एमआरआई रिपोर्टमा चोट सामान्य मानिएको छ । यसबारे चिन्ता मान्नु नपर्ने बताइएको छ । प्रशिक्षक एनिसले पाकिस्तानविरुद्ध उत्रने टिममा फेरबदल हुन सक्ने बताए । उनले भने, ‘पक्कै पनि टिममा केही फरक हुनेछ । पाकिस्तानसँगको खेलमा खेलाडीमात्र परिवर्तन हुने छैन, खेल्ने शैलीमा पनि फरक हुनेछ । हाम्रो प्रदर्शन राम्रो हुनेछ, हामीले आक्रामक भएर खेल्नुपर्नेछ । पाकिस्तानलाई प्रत्याक्रमणको अवसर दिनु हुन्न ।’ पाकिस्तानका सहायक प्रशिक्षक वेल्स्ली नेपालविरुद्धको खेल आफ्नो टिमका लागि उत्तिकै महत्त्वपूर्ण रहेको मान्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com