ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बात्सुयीको डेब्यु खेलमै २ गोल, डर्टमुन्ड उक्लियो दोस्रो स्थानमा


admin
माघ २०, २०७४ शनिबार  १२ : ५६ बजे

काठमाडौं, २० माघ । मिची बात्सुयीले आफ्नो डेब्यु खेलमै २ गोल गरेपछि बोरुसिया डर्टमुन्ड एफसी कोलोग्नीमाथि विजयी भएको छ।

बुन्डेसलिगाअन्तर्गत २१औँ चरणको खेलमा गएराति डर्टमुन्डले कोलोग्नीलाई ३–२ ले पराजित गर्दा बात्सुयीले तेस्रो गोलमा पास समेत मिलाएका थिए।

गोलपोष्टबाट करिव १० मिटरको दुरीमा रहेका कोलोग्नीका मिलोस जोजिकले डर्टमुन्डका गोलकिपर रोमान बुयर्कीलाई छलाउन नसक्दा खेलको १३ मिलेटमा अग्रता लिने मौका गुमाए।

उता पाहुना टोली डर्टमुन्डले त्यसपछि दवाव सिर्जना गर्यो र ३४ मिनेटमा गोलको खाता खोल्यो। पहिलो गोल जेरेमी टोलजानको पासमा गोलपोष्टबाट करिव ६ मिटर टाढाबाट बात्सुयीले गरे।

पहिलो हाफको अन्त्यतिर बात्सुयीले गरेको गोललाई भिडियो रेफ्रिले अफसाइड रहेको भन्दै मान्यता दिएनन्।

दोस्रो हाफमा राम्रो सुरुवात गरेको घरेलु टोली कोलोग्नीका सिमोन जोलरले ६० मिनेटमा रिबाउन्ड बललाई हेड गर्दै जाली चुमाउन सफल भए। खेल बराबरीमा पुगेको २ मिनेट पनि बित्न नपाउँदै क्रिस्चियन पुलिसिकको पासमा बात्सुयीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।

खेलमा बलियो चुनौती दिएको कोलोग्नीले खेल बराबरीमा ल्याउन मात्र ७ मिनेट कुर्नुपर्यो। जोनास हेक्टरको कर्नरमा जर्ज मेरेले हेड गर्दै बललाई गालपोष्टको दिशा देखाए।

लगातार खुशी छाइरहेको घरेलु टोलीको दर्शक दिर्घा एकाएक शान्त भयो जब डर्टमुन्डका आन्द्रे सुचुर्लीले ८४ मिनेटमा निर्णायक गोल गरे।

जीतसँगै डर्टमुन्ड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमुन्डले लिग लिडर बार्यन म्युनिखसँगको अकंदुरी १६ मा झारेको छ। एक खेल कम खेलेको म्युनिखको ५० अंक छ भने डटमन्डले ३४ अंक मात्रै जोड्न सकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com