ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा


abc tv
असार ११, २०८० सोमबार  २ : ४० बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध करिब डेढ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा चलाएको छ।

पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेपछि छानबिन गरेर अख्तियारले सोमबार ढकालविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।

ढकालले सरकारी पदमा रहँदा र अन्य विभिन्न व्यक्तिहरुसँगको लेनदेनसहित जम्मा ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ।

जसमा ६ करोड ३९ लख ९३ हजार ३१२ रुपैयाँको मात्रै बैधानिक स्रोत खुल्न सकेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

उनका अनुसार ढकालले आर्जन गरेकोमध्ये १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँको बैधानिक श्रोत खुल्न नसकेको दाहालले बताएका छन्।

सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ गतेदेखि उनले सम्पत्ति विवरण पेश गरेको २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम अख्तियारले छानबिन गरेको थियो।

अख्तियारका अनुसार उनले सार्वजनिक सेवामा प्रवेश गर्दा उनी र उनका परिवारको बैंक खातामा मौज्दात पारिश्रमिक बचत, प्रोत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त सुविधा, सेवाबाट अवकाश भएपछि नागरिक लगानी कोषबाट प्राप्त रकम, बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा, सेयर बिक्रीबाट प्राप्त रकम र विभिन्न व्यक्तिसँग लिएको सापटीसमेत ६ करोड ३९ लाख ९३ हजार ३१२ को मात्रै स्रोत खुलेको छ।

ढकालले प्रचलित कानुनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वभाविक उच्च जीवनस्तर यापन गरेको गुनासोसहित उजुरी परेपछि छानबिन थालिएको थियो।

उनले सार्वजनिक पदको दुरुपयोग गरी १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकाले विशेष अदालतमा मु्द्दा चलाइएको ढकालले बताए।

अख्तियारले गैरकानुनी रुपमा आर्जन गरेको १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम कैद तथा जरिवानाको सजाय माग गर्दै मुद्दा दर्ता गराएको हो।

ढकालको श्रोत नखुलेको बिगो उनको नाममा हाल कायम रहेको घर जग्गाबाट प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गर्न पनि अख्तियारले विशेष अदालतसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com