ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपरिषद्को संरचनाका विषयमा छलफल गर्नुपर्ने प्रधानन्यायाधीश कार्कीको धारणा सार्वजनिक


ABC NEWS

काठमाडौँ १० असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय परिषद्को संरचनामा पुनरावलोकन हुनु आवश्यक रहेको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनको हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै न्यायपरिषद्को चुस्तताका लागि परिषद्को संरचनाका विषयमा पुनरावलोकन हुनुपर्ने बताएका हुन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै न्यायपरिषद्मा रहेको हालको संरचनाका कारण परिषद्ले समयमै निर्णय गर्न नसकेको औँल्याएका हुन् ।

प्रधानन्यायाधीश कार्कीले भने, ‘न्यायपरिषद्को संरचनाका विषयमा छलफल हुनु जरुरी छ । केही छलफल पनि भएको छ, तर छलफलले आकार लिएको छैन । परिषद् कहिल्यै पनि खाली नहुने वातावरण बन्नुपर्छ र त्यसका लागि संरचनामा परिवर्तनको आवश्यकता छ ।’

जिल्ला र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिको सम्बन्धमा ढिलाइ भएको र नियमित ढङ्गबाट कामकाज हुन नसकेको भन्ने अधिवक्ताहरुको गुनासोमा प्रधानन्यायाधीश कार्कीले आफूले मात्रै चाहेर न्यायाधीशको नियुक्ति नहुने गुनासो गरेका हुन् ।

प्रधानन्यायाधीश कार्कीले भने, ‘म कामु प्रधानन्यायाधीश भएर नगरेको होइन, मैले सुरुदेखि नै न्यायाधीश नियुक्तिबारे प्रक्रिया सुरु गर्न आग्रह गरेको हो । सर्वोच्चमा नियुक्तिको सिफारिससम्म गरेकै हो, तर दुर्भाग्य सिफारिस हुन सकेन । अब हामी यसको समाधानमा जान्छौँ । कानूनमन्त्री राजनीतिक व्यक्ति भएकाले कतिपय विषय राजनीतिक पनि हुने र कानुन मन्त्रालयले रोजाइको मन्त्रालय नपर्ने भएर हो कि किन हो, लामो समय कानुन मन्त्रालय खाली पनि रह्यो । त्यसकारण परिषद्कै संरचनाका सम्बन्धमा पनि विचार गर्ने पो हो कि रु’

आफ्नै प्रतिवेदन फूलकोर्टबाट अनुमोदन नभएको भन्ने वकिलहरूको गुनासोमा प्रधानन्यायाधीश कार्कीले प्रतिवेदनलाई फूलकोर्टमा राखेर छलफल गरेको र दुइवटा विषय पारित भइसकेको बताए । पेसी व्यवस्थापन र इजलास तोक्ने सम्बन्धमा प्रतिवेदनकै सुझावअनुसार सम्बोधन भइसकेको कार्कीले बताए ।

कार्कीले भने, ‘अटोमेसनको सुरुवात नहुँदा अहिले तत्कालका लागि गोला प्रक्रिया सुरुवात गरेका हौँ । यसको सुरुवात गर्दा फैसला नै नगरी मितको टाउकोमा हान्ने प्रवृत्ति बढ्छ कि भन्ने चिन्ता थियो । विवादमा आउने फैसला नगर्ने जोखिम थियो, तर अहिले त्यस्तो छैन । मुद्दा पन्छाउने काम बन्द गर्नुहोस् भनेर हामीले भनेका छौँ र अहिले राम्रो पनि भइरहेको छ ।’

प्रधानन्यायाधीश कार्कीले जिल्ला र उच्च अदालतका न्यायाधीशहरुलाई न्याय सम्पादन गर्दा न्यायिक निष्ठामा रहेर गरेमा कसैले केही गर्न नसक्ने भन्दै न्यायिक निष्ठामा रहेर शीघ्र न्याय दिन भनिएको र त्यसको सकारात्मक प्रभाव परेको बताए ।

आफू कामु भइसकेपछि सर्वोच्चमा १६ वर्ष अगाडिदेखिको मुद्दा बिस्तारै फैसला हुँदै गएको र ५ वर्ष कटेका मुद्दाहरूलाई प्राथमिकता दिएर सुनुवाइ गरिएको कार्कीले बताए । मातहत अदालतको निरीक्षण गर्नुपर्ने कानुनी दायित्व भएपनि न्यायाधीशको सङ्ख्या कम भएको कारण सर्वोच्चको सुनुवाइमा पनि केही समस्या भइरहेको कार्कीले बताए ।

पहिलेपहिले अल्पकालीन अन्तरिम आदेश लिएर अनन्तकालसम्म लम्बाउने काम भएकामा अब त्यस्तो नहोस् भनेर अल्पकालीन आदेश पाएका मुद्दाहरूको सातैपिच्छे पेसीमा चढाउने गरिएको कार्कीले बताए ।

न्याय सम्पादनमा सेवाग्राहीलाई सहज होस् भनेर आफूहरूले शुक्रबार ५ बजेसम्म काम गर्न थालेपनि केही समस्या भएको कार्कीले बताए । पाँच बजेसमम काम लगाउँदा कर्मचारीलाई प्रोत्साहन भत्ता वा बढी काम लगाएबापत थप पारिश्रमिक दिन नसकिएको कारण कर्मचारीहरुको असन्तुष्टि रहेको कार्कीले बताए । त्यसको समाधानका लागि पनि काम भइरहेको कार्कीको भनाई छ ।

कार्कीले आफूलाई तत्कालकै पूर्ण स्वचालित पेसी व्यवस्थापनमा जान मन लागेको भएपनि प्राविधिक कारणले त्यसो हुन नसकेको बताए । कार्कीले भने, ‘मलाई अहिलेको गोला प्रणाली अझै बढी ट्रान्सप्यारेण्ट हो कि जस्तो पनि लागेको छ । यद्यपि हाम्रो उद्धेश्य भनेको अटोमेसन नै हो र मलाई यसको सुनिश्चितता गरेर जाने इच्छा छ, अटोमेसन लागू गर्ने हरसम्भव प्रयास गर्नेछु । यो मेरो इच्छा र प्रतिष्ठाको विषय पनि हो ।’

लामो समय प्रधानन्यायाधीशको पद रिक्त रहेको सम्बन्धमा वकिलहरूको गुनासोलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले प्रधानन्यायाधीश नियुक्तिका लागि एक महिना पहिले नै सिफारिसका लागि पहल गर्ने बताए । उनले भने, ‘प्रधानन्यायाधीश नियुक्तिका लागि एक महिना पहिल्यै सिफारिस गर्न म प्रयास गर्नेछु । तर म संवैधानिक परिषद्को सदस्य मात्रै भएको कारणले मैले चाहेर पनि सबै कुरा नहुने रहेछ । तर मेरो प्रयास भने एक महिना अगावै सिफारिस गर्ने गरी नै रहनेछ ।’

नेपाल बार एसोसिएसनका भवनका लागि जग्गा उपलब्ध गराइदिन बारको तर्फबाट भएको प्रस्तावले आफूले सकारात्मक रुपमा लिएको र त्यसका लागि पहल गर्ने पनि प्रधानन्यायाधीश कार्कीले बताए । कार्कीले भने, ‘जग्गा हस्तान्तरणका लागि प्रयास गर्नुहोस् भनेर सर्वोच्च अदालत प्रशासनलाई भनेको छु । यहाँहरू ढुक्क हुनुहोस् कि तपाइहरूका बीचमा सहमति भयो भने जग्गा प्राप्तिमा कुनै समस्या हुँदैन । आवश्यक जग्गाका लागि सर्वोच्चले के के गर्नुपर्छ, त्यो गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com