ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमै कोरिया जान नपाएको भन्दै आवेदकहरुबाट ईपीएस शाखा घेराउ


ABC NEWS
असार १०, २०८० आईतबार  २ : ४८ बजे

काठमाडौं १० असार । ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै कोरियाबाट फर्किएकाहरुले ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन् ।

आइतबार बिहान ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरुले प्रदर्शन गरे । प्रदर्शनमा अप्रिय घटना पनि हुन सक्ने भन्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

वैधानिक रुपमा कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन पाएका थिएनन् । त्यसपछि भएका सीभीटी परीक्षामा पनि पूर्णाङ्क ल्याउने मात्रै पास भएका थिए ।

नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको भन्दै कोरिया रिटर्नीहरुले ईपीएस कोरिया शाखा कार्यालय घेराउ गरेका हुन् । सन् २०२२को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका हुन् ।

सरकारले कोरिया सरकारसँग वार्ता गरेर पीडितहरुको माग सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ । दुःख गरेर भाषा परीक्षा पास हुँदा पनि एक पटक कोरिया गएर फर्र्किएकाहरुलाई लैजान रोजगारदाताले आनाकानी गरेकोमा उनीहरुको आपत्ति छ ।

ईपीएस कोरिया शाखा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com