ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगर महानगरको नयाँ बजेट ३ अर्ब २८ करोड


ABC NEWS
असार १०, २०८० आईतबार  २ : १२ बजे

विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ ।

महानगरको १२ औं नगरसभामा आइतबार उपप्रमुख शिल्पा कार्कीले आन्तरिक आम्दानीबाट प्रशासनिक खर्च समेत धान्न नसकेर राजश्व बाँडफाँटको रकम प्रशासनिक खर्च गर्दै आएको महानगरका लागि आगामी वर्षका लागि उक्त अनुमानि आयव्यय सार्वजनिक गरेकी हुन् ।

प्रस्तुत बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ६५ करोड, ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रमा ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रमा ८५ करोड २० लाख ४४ हजार, स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा क्षेत्रमा ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड ५ लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा २ करोड ७२ लाख रुपैयाँ अनुमानित खर्च हुने कार्कीको प्रक्षेपण थियो ।

सार्वजनिक बजेट चालु वर्षको तुलनामा ४८ करोड २५ लाखले न्यून हो । महानगरले चालु वर्षका लागि ३ अर्ब ७३ करोड ७५ लाख अनुमानित बजेट घोषणा गर्दै संशोधन गरेर ४ अर्ब १७ करोड ९ लाख पुर्‍याएको थियो ।

आगामी वर्षका लागि प्रस्तुत अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये संघीय सरकार अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयबाट ९९ करोड ५० लाख, जनसहभागितााबट १० करोड, आन्तरिक ऋणबाट १० करोड, संघ सस्थााबट ३ करोड र नगद मौज्जादबाट २ करोड आय हुने अपेक्षा गरिएको कार्कीले बताइन् ।

चालु वर्ष घोषणा गरिएको ३ अर्ब ७३ करोड ७५ लाख बजेटलाई संशोधन गरेर ४ अर्ब १७ करोड ९ लाख ९८ हजार अनुमान गरिँदा यथार्थ आय २ अर्ब ८६ करोड ८३ लाख ८० हजार ४१ पैसा मात्र भएर २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपैयाँ मात्र खर्च भएको उपप्रमुख कार्कीले सार्वजनिक गरिन् ।

उनका अनुसार चालु वर्ष पुँजीगत खर्चतर्फ कुल व्यय २ अर्ब २७ करोड ७८ लाख २८ हजार ९ सय रुपैयाँ अनुमान गरिएकोमा ९० करोड १९ लाख ६ हजार ६ सय ७८ रुपैयाँ मात्र खर्च भएको छ । त्यसैगरी चालु खर्चतर्फ १ अर्ब ८४ करोड ३१ लाख ६९ हजार खर्च हुने अनुमान गर्दा १ अर्ब २९ करोड ८९ लाख ४० हजार ७ सय २२ रुपैयाँ खर्च भएको कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com