ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई वेस्ट इन्डिजको ३४० रनको लक्ष्य


एबीसी न्यूज

काठमाडौँ ७ असार । नेपाललाई विश्वकप छनोटमा बिहीबार वेस्ट इन्डिजले ३४० रनको लक्ष्य दिएको छ । जिम्बावेस्थित हरारेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ३४० रनको लक्ष्य दिएको हो ।

नेपालको तर्फबाट ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए भने करण केसी‚ गुल्शन झा‚ सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ११ विकेट लिए । खेलको सुरुआतमा राम्रो प्रदर्शनी गरे पनि वेस्ट इन्डिजका कप्तान साइ होप र निकोलास पुरानले क्रमशः १३२ र ११५ रन बनाएर नेपालमाथि दबाब सिर्जना गरेका थिए ।

नेपालले ५ वर्षअघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो केवल दोस्रो खेल हो । यसै प्रतियोगितामा नेपालले जिम्बावेसँग खेलेको थियो । वेस्ट इन्डिजले १९७५ र १९७९ को पहिलो दुई संस्करणको विश्वकप जितेको थियो ।

अमेरिकाविरुद्ध खेलेको पछिल्लो खेलबाट नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । रोहितसहित नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् ।

वेस्ट इन्डिजको टोलीमा पनि कुनै परिवर्तन छैन । साइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिजबाट ब्रेन्डन किंग, केयल मायर्स, जोहनसन चार्ल्स, निकोलस पुरन, रोस्टन चेज, रोभमन पोवेल, जेसन होल्डर, किमो पाउल, अल्जारी जोसेफ, अकिल होसेन खेलिरहेका छन् ।

वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ४९।३ ओभरमा २ सय ९७ रनमा अलआउट भएको थियो ।

नेपाल पहिलो खेलमा २ सय ९० रनमा अलआउट भए पनि घरेलु टोली जिम्बावेसँग ४५ ओभरभित्र ८ विकेटले पराजित भएको थियो । त्यसपछिको खेलमा अमेरिकालाई २ सय ७ रनमा अलआउट गर्दै नेपालले ६ विकेटको विजय हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com