ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री किराँतीले किन संसद्लाई झुक्याए सभामुखमाथि पनि उठ्यो प्रश्न


ABC NEWS

काठमाडौँ ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रतिनिधिसभालाई झुक्याएका छन् । मन्त्रालयको विनियोजन पुस्तकमा प्रदेशहरूका नाम नलेखी अंकमा उल्लेख गरेकोमा सच्याएर ल्याउने प्रतिबद्धता मन्त्री किराँतीले पनि उनले त्यसो नगरको पाइएको छ । पर्यटन मन्त्रालयको विनियोजन पुस्तकमा प्रदेशका नाम अंकमा नभई प्रदेशसभाबाट पारित भएअनुसार राख्न भनी प्रतिनिधिसभाले असार ३ गते फिर्ता पठाएको थियो ।

आइतबारको बैठकमा मन्त्री किराँतीलेुविनियोजन विधेयकमाथिको छलफलको सिलसिलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट विनियोजनको सन्दर्भमा हाम्रो विभागको ११ देखि १८ पेजसम्ममा प्रदेशको नाम उल्लेख नभई अंकमा लेखिन गएछ, त्यसलाई हामी सुधारेर सदनसमक्ष र माननीयज्यूको हातमा फेरि ल्याउनेछौं भनेका थिए । तर, मन्त्री किराँतीले मन्त्रालयको विनियोजन पुस्तकबाट प्रदेशहरूका नाम नै हटाएर पुनः सांसदहरूलाई वितरण गरेका छन् ।

एमाले सांसद सूर्य थापाले मंगलबारको बैठकमा पर्यटन मन्त्रालयको विनियोजन पुस्तकबाट सबै प्रदेशका नाम हटाइएको भन्दै आपत्ति जनाएका छन् । मन्त्रीले संसद्को रोष्ट्रमबाट प्रतिबद्धता जनाएको तर झन् गल्ती गरिएको सांसद थापाको भनाइ थियो । ‘पुनर्वितरण गरिएको पुस्तकमा प्रदशेको नाम हटाइएको छ । पहिले प्रदेश नम्बर १, २, ३ लेखिएको थियो । अहिले प्रदेशको नाम नै हटाइएको छ । प्रदेशको नाम किन हटाउनुभयो रु यो पुस्तक फेरि फिर्ता पठाइयोस्,’ थापाले भने, ‘यो मन्त्रीको नियतसँग जोडिएको विषय पर्‍यो । भर्खरै कोसी प्रदेशले संविधान बमोजिम दुई तिहाइको बहुमतले प्रदेशको नामाकरण गरेको थियो । मन्त्रीज्यू त्योसँग असहमत भएर हो कि के हो रु प्रदेशको नाम किन हटाउनुभयो रु यो पुस्तक फेरि फिर्ता पठाइयोस् । कोसीदेखि सुदूरपश्चिमसम्मको नाम पूर्ववत् राखेर सच्याएर ल्याइयोस् ।’

मन्त्री किराँती भोजपुर जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । उनी कोसी प्रदेश नामाकरणसँग असहमत भएर त्यसो गरिएको हो कि भन्ने आशंका थापाको थियो । ुयो तथाकथित पहिचानवादको ह्याङओभरले काम गरेको हो भन्ने कुरा सदनको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद थापाले उनले भने ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पर्यटन मन्त्रालयको विनियोजन पुस्तकमा मन्त्रीको तर्फबाट भएको त्रुटि गम्भीर रहेको बताए । उनले संसद्को त्यसमा ध्यानाकर्षण हुने बताए ।

सहरी विकास मन्त्रालयको विनियोजनमा पनि प्रदेशको नाम उल्लेख गर्ने क्रममा त्रुटि भेटिएको छ । सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको सट्टा प्रदेश नम्बर ५ लेखेर विनियोजन पुस्तक सांसदका हातमा पुर्‍याएको थियो । सहरी विकास मन्त्रालयको विनियोजनमाथि मंगलबार प्रतिनिधिसभामा छलफलको कार्यसूची रहेको थियो । सहरी विकास मन्त्रालयको विनियोजन पुस्तकको पेज नम्बर २७ २८ र २९ नम्बरमा प्रदेश नम्बर ५ लेखिएको थियो । उक्त पुस्तक पनि फिर्ता पठाउन सांसद थापाले माग गरेका थिए ।

यसअघि सोही प्रकारको त्रुटिमा विनियोजन पुस्तक फिर्ता पठाउन रुलिङ गरेका सभामुख देवराज घिमिरेले सहरी विकास मन्त्रालयको विनियोजनमा भने छलफल चलाउन चाहेका थिए । सहरी विकास मन्त्री हिरा गुरुङले त्रुटि भएको र सच्याउने प्रतिबद्धता संसद्मा जनाउँदै छलफल चलाउन आग्रह गरेकी थिइन् । उक्त आग्रहअनुसार सभामुखले संसद् चलाउन चाहेका थिए । ‘त्रुटिलाई हेर्ने, सच्याउने, मिलाउँदै जाने अन्तर्गत विनियोजन शिर्षकमा अगाडि जाउँ । त्यै आधारमा सच्याउने आधारमा कार्यक्रमलाई सूची अन्तर्गत अगाडि लान सहयोग गर्न अनुरोध गर्छु,’ सभामुखले आग्रह गरेका थिए ।

एमाले सांसद थापाले भने संविधान विपरीतको विनियोजन पुस्तकमा छलफल नहुने बताए । त्यसपछि सांसद छबिलाल विश्वकर्मा विश्वकर्माले पनि आपत्ति जनाएका थिए । ुहामी मन्त्रालयगत छलफलमा अगाडि बढेका छौं । आज लुम्बनी प्रदेशलाई सरकारले बिर्सन मिल्छ कि मिल्दैन रु संविधान विपरीत गएर यो छलफललाई अगाडि बढाउन सक्छौं कि सक्दैनौं । पर्यटन मन्त्रालयको पुनर्वितरण गरिएको पुस्तक समेत सही हुन सकेन । संविधान र कानुन विपरीत काम भएको छ । संविधान कानुन सम्मत गरेर अगाडि बढ्नुपर्छ,ु उनको माग थियो ।

सत्तारुढ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने सभामुखको रुलिङ मानेर जानुपर्ने र सभामुखले पनि समान खालको रूलिङ दिनुपर्ने सुझाव दिए । सरकारले गरेका त्रुटी सच्याउने र आगामी दिनमा नगर्ने तिर पनि ध्यान जानुपर्ने लेखको भनाइ थियो । ‘सरकारले यस्ता त्रुटि गरेर विधेयक ल्याउनु हुन्न । त्रुटि भएको देखियो । त्रुटि छ भने सरकारले नै सच्याउनु पर्छ । यस्तो कुरामा विषय उठिसकेपछि सभामुखले रुलिङ गरिसकेपछि मानेर जाने होला,’ उनले भने, ‘सभामुखले मैले भनेअनुसार रुलिङ नगरेमा हुँदै हुँदैन भन्न थाल्यौं भने यो सदन अलि फरक ढंगले जान्छ कि भन्ने हो ।’

लेखकले सभामुखले रुलिङ गरिसकेपछि सकेसम्म त्यसमा असहमति व्यक्त नगर्न आग्रह गरेका थिए । त्यसले संसद्लाई नै प्रभावित पार्ने उनको भनाइ थियो । साभमुखको रुलिङमा देखिएका विरोधाभासबारे उनले भने, ‘सभामुखले रुलिङ गर्दा सबै कुरा हेरेर गरौं । त्यो पनि मेरो आग्रह हो ।’

एमाले सांसद रघुजी पन्तले सभामुखको रुलिङमा समानता हुनुपर्ने माग गरे । ‘सभामुखको रुलिङमा समानता हुनुपर्छ । विरोधाभास भयो भने समस्या हुन्छ । अस्ति पर्यटन मन्त्रालयको फिर्ता पठाउनुभयो । आज लुम्बिनी नाम लेखिएकोमा अगाडि बढायौं भने भोलि नागरिक उड्डयनले पनि नलेखिकन फेरि ल्यायो भने त्यसमा छलफल अगाडि बढाउँछौं कि बढाउँदैनौं रु रुलिङमा एकरुपता हुनुपर्छ,’ उनले भने ।

विनियोजन पुस्तकमा प्रदेशका नामलाई लिएर मन्त्री सुदन किराँतीको झुक्याउने चाल र सहरी विकास मन्त्री गुरुङले गरेको त्रुटिसँगै दुवै विषयमा सभामुख घिमिरेबाट भएको फरक(फरक रुलिङले प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि भनेर स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com