ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने देश नेपाल भन्नुपर्ने अवस्था छ : उपेन्द्र यादव


ABC NEWS

काठमाडौं ४ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने देश कुन हो भन्दा नेपाल भन्नुपर्ने दुःखद् स्थिति भएको बताएका छन्।

सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै संसद्ले दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक रोक्नुपर्ने कुनै कारण नरहेको तर पुरानो माइन्ड सेटले काम गरेको उनले बताएका हुन्।

‘आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने देश कुन हो भनेर हाजिरी जवाफ प्रतियोगितामा सोधियो भने नेपाल भनेर भन्नुपर्ने अवस्था छ, दुई दुईपटक संसद्ले पारित गरेको विधेयक प्रमाणीकरण गर्दा टाउको नदुख्नुपर्ने हो, तर पुरानो माइन्ड सेटले काम गरेको छ,’ उनले टिप्पणी गरे।

उनले राजनीतिक संघर्षबाट अझै उपलब्धी हासिल गर्नुपर्ने भएकाले मोर्चाको आवश्यकता रहेको बताए।

‘संघर्षद्वारा उपलब्धी हासिल गर्न बाँकी छ। कृषि, पर्यटन उद्योग, आर्थिक सम्भाव्यताको क्षेत्रको विकास गर्नुपर्ने छ। नागरिकहरूलाई आर्थिक, सामाजिक सुरक्षाको प्रत्याभूति गराउनु छ,’ उनले भने।

उनले भने – n ‘केही शक्ति छन्, जो धेरै अगाडि आइसकियो, घिसारेर कहाँ लैजाने भन्ने मान्यताबाट अगाडि छन्। प्रगतिशील, क्रान्तिकारी तथा परिवर्तनलाई अगाडि बढाउन सक्ने मोर्चाको निर्माण गर्नुपर्ने छ। राजनीतिक रूपले धेरै काम गर्न बाँकी छ। विगतका कमीकमजोरी हटाउनु छ,’ उनले भने, ‘संविधानका कमजोरी, विसंगतिहरूलाई परिमार्जन संशोधन गर्ने समझदारी गरेर सबैले अपनत्व लिनसक्ने अवस्था बनाउनु छ।’

उनले मधेसी, आदिवासी जनजाति, दलित महिला, मुस्लिम, पिछडिएका वर्गको पहिचान, भाषा संस्कृतिको विकास राजनीतिक, प्रशासनिक पहुँच, प्रतिनिधित्व र भागिदारीलाई ग्यारेन्टी गुर्न पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com